निष्पक्ष आवास भेदभाव बिनाको आवास हो । निष्पक्ष आवास भनेको तपाईंले घर किन्दा वा भाडामा लिँदा भेदभाव नगरिनु हो । यसको अर्थ सबै प्रकारका मानिसहरूलाई स्वागत गरिने छरछिमेक वा समुदायमा बसोबास गर्ने अधिकार सबैको हुन्छ भन्ने पनि हो ।
आवासीय भेदभाव अनेक स्वरूपमा हुन्छ र अनेक भिन्न-भिन्न मानिसहरू विरूद्ध गरिन्छ । भेदभावले हामी कहाँ बस्न सक्छौं र हाम्रो छिमेकीहरू को-को हुन सक्छन् भन्ने कुरालाई सीमित पारेर सबैलाई असर गर्छ ।
गैरकानूनी भेदभाव (निषेधित आधारहरू)
निष्पक्ष आवासीय कानूनहरूले आवासमा हुने भेदभावबाट सुरक्षित गर्दछ । यदि भेदभाव गरिने कारण कानूनमा सूचीबद्धछ भने भेदभाव गैरकानूनी हुन्छ । यदि भेदभाव गरिने कारण कानूनमा सूचीबद्धछैन भने भेदभाव गैरकानूनी हुँदैन ।
उदाहरणहरू:
- “म तपाईंलाई भाडामा दिनेछैन किनभने तपाईं अफ्रिकी हुनुहुन्छ ।” जाति, वर्ण वा राष्ट्रिय मूलमा आधारित गैरकानूनी भेदभाव हुन्छ ।
- “म तपाईंलाई भाडामा दिनेछैन किनभने तपाईं धुम्रपान गर्नुहुन्छ ।” गैरकानूनी भेदभाव हुँदैन ।
निम्न निषेधित आधारहरूमा आवासको सम्बन्धमा कसैलाई भेदभाव वा दुर्व्यवहार गर्न जोकोहीलाई पनि गैरकानूनी हुन्छ:
- जाति
- वर्ण
- राष्ट्रिय मूल/वंश
- संस्कृति
- धर्म
- विकलांगता
- परिवार
- लिंग
- लैंगिक
- यौनिक झुकाव
- उमेर
- सार्वजनिक सहायता
- वैवाहिक स्थिति
- र अधिक
घरमालिक, भूसम्पत्तिको प्रतिनिधि, ब्यांक, छिमेकी, नगर वा अन्य मानिसहरूले आवासको बारेमा निर्णय गर्दा अन्य कुराहरूलाई जाँच्न सक्छन् । उदाहरणको लागि, तिनीहरूले तपाईंले आवासको खर्च वहन गर्न सक्नुहुन्छ भनेर सुनिश्चित गर्न सक्छन् । घरमालिकले घरमालिकहरूको सन्दर्भहरू माग्न सक्छन् । तर तिनीहरूले माथिका सूचीबद्धकुनैपनि कारणहरूले गर्दा तपाईंलाई आवास अस्वीकार गर्न, भिन्न नियमहरू बनाउन वा तपाईंको बारेमा अनुमान लगाउन सक्दैनन् ।
उदाहरणको लागि:
- घरमालिकले तपाईं एकल महिला भएकोले तपाईंले भाडा तिर्न सक्नुहुन्न भनेर अनुमान लगाउन सक्दैन ।
- धेरै परिवार अलग-अलग बस्ने साझा घर (condo) को संस्थाले तपाईंको विकलांगताले गर्दा तपाईं आफ्नो दममा बसोबास गर्न सक्नुहुन्न भनेर अनुमान लगाउन सक्दैन ।
- नगरले मानिसहरूलाई क्रिसमसमा आफ्नो घर सजाउन अनुमति दिने तर रमजान मनाउन अरूहरूलाई सजाउनको लागि अनुमति नदिन पाउँदैन ।