स्वास्थ्य हेरचाह को लागी अधिवक्ता
हेल्थ केयर एड्भोकेट (एच.सि.ए.) हेल्पलाइन (Health Care Advocate (HCA) HelpLine)
स्वास्थ्य सेवा अधिवक्तासँग कुरा गर्नको लागि 1-800-917-7787 मा फोन सम्पर्क गर्नुहोस् ।
भेरमोन्टको एच.सि.ए. हेल्पलाइन स्वास्थ्य स्याहारसँग सम्बन्धित समस्याहरू समाधान गर्न भेरमोन्टका सबै बासिन्दाहरूलाई मद्दत गर्नको लागि उपलब्ध नि: शुल्क श्रोत हो । हामी:
- प्रश्नहरूको उत्तर दिन्छौं
- भेरमोन्ट हेल्थ कनेक्ट (Vermont Health Connect) र अन्य स्वास्थ्य कभरेजसँग सम्बन्धित समस्याहरू समाधान गर्न तपाईंलाई मद्दत गर्छौं
- तपाईं योग्य हुन सक्ने नि:शुल्क र कम-लागत कार्यक्रमहरू के-के छन् भनेर तपाईंलाई बताउँछौं
- नि:शुल्क र कम-लागत स्वास्थ्य कभरेजको लागि आवेदन दिन र प्राप्त गर्न तपाईंलाई मद्दत गर्छौं
- तपाईंको स्वास्थ्य योजनाले समेट्ने कुराहरू पत्ता लगाउँछौं
- बिलिंग सम्बन्धी समस्याहरू कसरी समाधान गर्ने र उजुरीहरू कसरी गर्ने भन्ने बारेमा सल्लाह उपलब्ध गराउछौं
- सबैको निम्ति निष्पक्ष व्यवहार र वहन-योग्य स्वास्थ्य सेवाहरूको लागि काम गर्छौं
हेल्थ केयर एड्भोकेटको कार्यालय बीमा कम्पनी होइन र भेरमोन्ट राज्य सरकारको हिस्सा होइन । भेरमोन्ट लिगल एड, जो एउटा स्वतन्त्र गैर-नाफामूलक कानूनी फर्म हो, अन्तर्गतको एउटा विशेष परियोजना हो ।
सहयोग कसरी पाउने
कुनै स्वास्थ्य स्याहार विवाद बारे मद्दत पाउनको लागि एच.सि.ए. हेल्पलाइनलाई 1-800-917-7787 मा फोन सम्पर्क गर्नुहोस् । अधिवक्तासँग कुरा गर्नको लागि कार्यालय समय (बिहान 8:30 बजे – बेलुका 4:30 बजे, सोमबार – शुक्रबार, बिदाका दिनहरू बाहेक) मा फोन सम्पर्क गर्नुहोस् वा कुनैपनि समय फोन सम्पर्क गर्नुहोस् र सन्देश छोड्नुहोस्।
तपाईंले हाम्रो अनलाइन हेल्प रिक्वेस्ट (Online Help Request) फाराम भरेर पनि मद्दतको लागि अनुरोध गर्न सक्नुहुन्छ । : /vtlegal_gethelp