ऋण संकलनकर्ताहरू गर्न नपाउने कुराहरू
यहाँ केही नियमहरू छन् जसलाई ऋण संकलनकर्ता र ऋणदाताहरूले भेरमोन्टमा तपाईंबाट ऋण संकलन गर्ने प्रयास गर्दा पालना गर्नैपर्छ ।
धम्की
ऋण संकलनकर्ता र ऋणदाताहरूले तिनीहरूले गर्न नसक्ने वा गर्न नहुने त्यस्ता केही कुराहरू गर्न धम्की दिन पाउँदैनन् । उदाहरणको लागि, ऋण संकलनकर्ताहरूले हिंसक हुन वा हिंसक हुने धम्की दिन पाउँदैनन् ।
तिनीहरूले अपराध गर्न वा अपराध गर्ने धम्की दिन पनि पाउँदैनन् ।
ऋणदाताहरूले अदालतको आदेश बिना तपाईंको सम्पत्ति वा तपाईंको ज्याला लिने धम्की दिन पाउँदैनन् ।
दुर्व्यवहार
ऋण संकलनकर्ता र ऋणदाताहरूले कसैलाई पनि सताउन, उत्पीडित गर्न वा दुर्व्यवहार गर्न सक्दैनन् । ऋण संकलनकर्ता र ऋणदाताहरूले निम्न कार्यहरू गर्न पाउँदैनन्:
- तपाईंलाई गालीगलौज गर्न
- अनुचित हुनेगरी तपाईंलाई बारम्बार सम्पर्क गर्न
- आफू को हो भनेर झुट बोल्न वा गलत ढंगले प्रस्तुत हुन
- आफूले तपाईंलाई किन सम्पर्क गरेको हो भनेर झुट बोल्न वा गलत ढंगले प्रस्तुत हुन
- तपाईंलाई राती 9बजेदेखि बिहान 8बजेको बीचमा सम्पर्क गर्न
- यदि तपाईंले फोन नगर्नु भनेर बताउनुभएको छ भने काममा तपाईंलाई फोन सम्पर्क गर्न
अनुचित “प्रकाशन”
ऋण संकलनकर्ता र ऋणदाताहरूले अरू मानिसहरूलाई तपाईंको ऋणको बारेमा बताउन पाउँदैनन् । तर यदि ऋणदातासँग तपाईं विरूद्धको अदालतको फैसला वा अदालतको आदेश छ भने तिनीहरूले यसको बारे बताउन सक्छन् ।
यहाँ त्यस्ता व्यक्तिहरूको एउटा सूची छ जसलाई ऋण संकलनकर्ता र ऋणदाताहरूले तपाईंको ऋणको बारेमा बताउन पाउँदैनन् । केही अवस्थामा भने यी नियमहरू लागू हुँदैन । यी नियमहरू लागू नहुने अवस्थालाई सामान्य नियमहरू सँगै सूचीबद्धगरिएको छ ।
- ऋण संकलनकर्ता र ऋणदाताहरूले तपाईंको रोजगारदातालाई तपाईंले ऋण तिर्न बाँकी छ भनेर बताउन पाउँदैनन्...
- ऋण संकलनकर्ताले तपाईंलाई कहाँ भेटाउन सकिन्छ भनेर सोध्न मात्र र तपाईंको रोजगारदातालाई तपाईंले उसलाई ऋण तिर्न बाँकी छ भनेर बताउदैन भने उसले तपाईंको रोजगारदातालाई सम्पर्क गर्नसक्छ ...
- ऋण संकलनकर्ता र ऋणदाताहरूले तपाईंको परिवारका सदस्यहरूलाई सम्पर्क गर्न पाउँदैनन्...
- तर यदि तपाईं विवाहित हुनहुन्छ भने ऋण संकलनकर्ता र ऋणदाताहरूले तपाईंको पति/पत्नीलाई ऋणको बारेमा बताउन सक्छन् ...
- ...तर यदि तपाईं 18वर्ष मुनिको हुनुहुन्छ र आफ्नो आमाबुबा वा अभिभावकसँग बस्नुहुन्छ भने ऋण संकलनकर्ता र ऋणदाताहरूले तपाईंको आमाबुबा वा अभिभावकलाई ऋणको बारेमा बताउन सक्छन् ...
- ऋण संकलनकर्ता र ऋणदाताहरूले अरू कसैलाई तपाईंको ऋणको बारेमा जानकारी दिन वा अन्य कुनै व्यक्तिले सामान्यतया देख्ने गरि संचारको कुनैपनि प्रकारलाई प्रयोग गर्न पाउँदैनन्
- उदाहरणको लागि, बिल संकलनकर्ता वा ऋणदाताले आफ्नो व्यवसायिक स्थलमा तपाईंको बाउन्स्ड चेकलाई आफ्नो नगद खाता नजिक टाँस्न पाउँदैनन्
- संकलनकर्ता वा ऋणदाताहरूले तपाईंलाई तपाईं ऋणको बारेमा पोस्टकार्ड पनि पठाउन पाउँदैनन्
याद राख्नुहोस्:यदि ऋणदातासँग तपाईंको ऋणको विरूद्धमा अदालतको फैसला वा आदेश छ भने संकलनकर्ता वा ऋणदाताले माथि सूचीबद्धसबै वा धेरैजसो कुराहरू गर्नसक्छ ।
कपटपूर्ण प्रस्तुतिहरू
ऋणसंकलनकर्ता र ऋणदाताहरूले ऋण संकलन गर्ने प्रयासमा मानिसहरूलाई जालझेल गर्न पाउँदैनन् । उदाहरणको लागि, ऋणसंकलनकर्ताहरूले ऋणको कानूनी अवस्था बारेमा झुट बोल्न पाउँदैनन्, त्यसैगरी ऋणदाताले आफूसँग तपाईं विरूद्धको अदालतको आदेश वा फैसला छैन भने त्यो छ भनेर भन्न पाउँदैन ।
निजी संकलनकर्ता वा ऋणदाताले आफू राज्य वा संघीय सरकारको कुनै निकायको लागि काम गर्छु भनि दावी गर्न पाउँदैन । निजी संकलनकर्ता वा ऋणदाताले त्यस्तो कुनै कागजी कारवाही गर्न पाउँदैन जसले उसलाई सरकारी निकाय वा कार्यालयसँग वा त्यसको लागि काम गर्दै जस्तै देखियोस् ।
अनुचित माध्यमहरू
ऋणसंकलनकर्ता र ऋणदाताहरूले ऋण संकलन गर्दा “अनुचित माध्यमहरू” लाई प्रयोग गर्न पाउँदैनन् । ऋणसंकलनकर्ताहरूले विशेष मुद्दाहरू बाहेक आफ्नो पारिश्रमिकलाई ऋणको रकममा थप्न पाउँदैनन् ।
के कुनै अधिवक्ताले तपाईंको प्रतिनिधित्व गर्दै हुनुहुन्छ ? के तपाईंले संकलनकर्तालाई आफूले तिनीहरूलाई तपाईंको अधिवक्तासँग मात्र सम्वाद गर्न चाहनुहुन्छ भनेर बताउनुभएको छ ? त्यसपछि संकलनकर्ताले तपाईंलाई तपाईंको हिसाब-किताबको विवरण मात्र पठाएर सम्पर्क गर्नसक्छ ।
तपाईंले के गर्न सक्नुहुन्छ
के कुनै ऋणदाता, अधिवक्ता वा संकलन निकायले त्यस्तो कुनै कार्य गरेका छन् जसलाई ऋणसंकलनकर्ता र ऋणदाताहरूले गर्न पाउँदैनन् ?
- तपाईंले सबैभन्दा पहिला तिनीहरूलाई तपाईंसँग सबै सम्पर्कहरू रोक्न बताउदै तिनीहरूलाई प्रमाणित पत्र पठाउन पर्छ ।
- यदि तिनीहरूले सम्पर्क गर्न जारी राखे वा तपाईंको अधिकारलाई हस्तक्षेप गर्न जारी राखे भने तपाईंले भेरमोन्ट लिगल एडलाई 1-800-889-2047 मा सम्पर्क गर्नुपर्छ ।
- यदि तपाईंले राज्यको कुनै निकायलाई जानकारी गराउन चाहनुहुन्छ भने तपाईंले निम्न कार्य गर्न सक्नुहुन्छ:
- चिट्टेनडेन काउन्टी (Chittenden County) मा एटोर्नी जनरलको कन्स्युमर एसिस्टेन्स प्रोग्राम (Attorney General's Consumer Assistance Program) लाई 1-800-649-2424 वा 802-656-3183 मा फोन सम्पर्क गर्नुहोस्
- इमेल पठाउनुहोस् वा
- निम्नलाई पत्र लेख्नुहोस्:
Consumer Assistance Program
Morrill Hall-UVM
Burlington, VT 05405
- तपाईंले भेरमोन्ट एटर्नी जनरललाई अनलाइन उजुरी पनि पेश गर्न सक्नुहुन्छ ।