दुर्व्यवहारबाट राहत
यस खण्डमा घरेलुहिंसा र दुर्व्यवहारबाट राहत बारे जानकारी रहेको छ ।
यदि तपाईंलाई दुर्व्यवहार भइरहेको छ वा यदि तपाईं आफ्नो दुर्व्यवहारकर्तालाई छोड्न चाहनुहुन्छ तर तपाईंलाई त्यो कार्य तपाईंले वहन गर्न सक्नुहुन्न जस्तो लाग्छ भने तपाईंले के गर्न सक्नुहुन्छ भन्ने बारेको थप जानकारीको लागि बायाँ साइडमा भएका लिंकहरूमा क्लिक गर्नुहोस् । तपाईंले रिलिफ फ्रम अब्युज अर्डर (Relief from Abuse Order) वा रिलिफ फ्रम अब्युज अफिडेभिट (Relief from Abuse Affidavit) दर्ता गर्ने बारेमा पनि जानकारी पाउन सक्नुहुन्छ ।
**यदि तपाईं अहिले दुर्व्यवहारको खतरामा हुनुहुन्छ भने तुरून्तै 911लाई फोन सम्पर्क गर्नुहोस् ।**
कम्प्युटर सुरक्षा सुझावहरू
के यो कम्प्युटर प्रयोग गर्न सुरक्षित छ ?
यदि तपाईं सुरक्षित कम्प्युटरमा हुनुहुन्न भने आफ्नो इन्टरनेट खोजलाई लुकाउने कुनै तरिका छैन ।
- यदि तपाईंको दुर्व्यवहारकर्ताको पहुँच यस कम्प्युटरसम्म छ र सहयोगको लागि तपाईंले गरेको खोजले आफूलाई थप खतरामा पार्छ जस्तो लाग्छ भने रोकिनुहोस् ।
- यो कम्प्युटरमा भएको तपाईंको ब्राउजिंग हिस्ट्रीलाई डिलिट गरिदिनुहोस् (यो कसरी गर्ने भनेर यहाँ छ) ।
- तपाईंको दुर्व्यवहारकर्ताको पहुँच नहुने सुरक्षित कम्प्युटरमा जानुहोस् ।
- सहयोगको लागि आफ्नो स्थानीय घरेलुहिंसा कार्यक्रम लाई सम्पर्क गर्नुहोस्: 1-800-228-7395।
भेरमोन्ट नेटवर्क एगेन्स्ट डोमेस्टिक एण्ड सेक्सुअल भ्वाइलेन्स (Vermont Network Against Domestic and Sexual Violence) बाट इन्टरनेट एण्ड कम्प्युटर सेफ्टीको लागि यी सुझावहरू हेर्नुहोस् ।
तपाईंले मद्दत पाउँदासम्म आफूलाई सुरक्षित राख्नुहोस् । आफ्नो ठेगाना गोप्य राख्नुहोस्: घरमा सुरक्षा: आफ्नो ठेगाना गोप्य राख्दै: पीडित तथा बाँचेकाहरूको लागि।
आवासीय भेदभाव
घरमालिक र अन्यहरूले तपाईं दुर्व्यवहारको पीडित भएको कारणले गर्दा तपाईंलाई आवासको लागि इन्कार नगर्न सक्छन् ।
थप जानकारीको लागि कृपया हाउजिङ डिस्क्रिमीनेसन अगेन्स्ट डोमेस्टिक भ्वाइलेन्स (Housing Discrimination Against Domestic Violence Victims) बारे हाम्रो पेजमा जानुहोस् ।
श्रोतहरू
दुर्व्यवहार विरूद्धको लडाइँमा तपाईं एक्लो हुनुहुन्न । यी समूहहरू तपाईंलाई मद्दत गर्न चाहन्छन्:
- भेरमोन्ट नेटवर्क एगेन्स्ट डोमेस्टिक एण्ड सेक्सुअल भ्वाइलेन्स
- Vermont Legal Aid & Legal Services Vermont
- भेरमोन्ट सेन्टर फोर क्राइम भिक्टिम सर्विसेज (Vermont Center for Crime Victim Services) – भिक्टिम असिस्टेन्स प्रोग्राम (Victim Assistance Program)
- एडल्ट प्रोटेक्टिभ सर्विसेज (Adult Protective Services)
भेरमोन्टमा घरेलुहिंसा र बाल दुर्व्यवहार बारे अन्य केही श्रोतहरू यहाँ छन्:
- फ्यामिली सर्विसेज डिभिजन (Family Services Division) – डिपार्टमेन्ट फर चिल्ड्रेन एण्ड फ्यामिलीज (Department for Children and Families)
- डोमेस्टिक भ्वाइलेन्स युनिट (Domestic Violence Unit) - डिपार्टमेन्ट फर चिल्ड्रेन एण्ड फ्यामिलीज