भेरमोन्टमासम्बन्धविच्छेद
सम्बन्धविच्छेद कठिन र तनावपूर्ण समय हुनसक्छ । हामीलाई आशा छ कि यो जानकारी तपाईंको लागि उपयोगी हुनेछ ।
हामी तपाईंले बुझ्ने गरि अदालती प्रक्रियालाई सरल तरिकाले व्याख्या गर्ने प्रयास गर्छौं । आशा गरौं कि यसले तपाईंलाई कानूनी प्रणालीसँग व्यवहार गर्दा तपाईंलाई थप आत्मविश्वास महसुस गर्न मद्दत गर्नेछ । तपाईंले यसलाई पार गर्न सक्नुहुनेछ । सुरू गर्नु भन्दा पहिले तपाईंले जान्नुपर्ने केही कुराहरू यस्ता छन्:
- एउटा अपवाद (तल दिइएको) बाहेक भेरमोन्टमा सम्बन्धविच्छेदको लागि निवेदन दर्ता गर्न तपाईं भेरमोन्टमा बसोबास गरेको हुनैपर्छ वा अर्को पक्ष यहाँ बसोबास गरेको हुनैपर्छ
- तपाईंहरू मध्ये एकजना सम्बन्धविच्छेदको अन्तिम सुनुवाईको समयसम्म कमसेकम एक वर्षसम्म भेरमोन्टमा बसोबास गरेको हुनैपर्छ
- सम्बन्धविच्छेदको अन्तिम सुनुवाई तपाईंहरू कम्तिमापनि 6महिनादेखि (आ-आफ्नो छुट्टाछुट्टै जीवनयापन गर्दै) छुट्टिएर नबस्दासम्म निर्धारण गर्न सकिदैन
- यदि एक पक्षले सम्बन्धविच्छेदको लागि निवेदन दर्ता गर्छ भने अर्को पक्षले चाहे पनि नचाहे पनि सम्बन्धविच्छेद हुनेछ
- यहाँ सूचीबद्धचरणहरू सबै अदालत वा सबै मुद्दाहरूमा लागू हुँदैन
यदि तपाईंले अझैंपनि सम्बन्धविच्छेदको लागि निवेदन दर्ता गर्न चाहनुहुन्छ भने यहाँबाट सुरू गर्नुहोस् र एक समयमा एउटा चरण मात्र लिनुहोस् ।
आवासीय आवश्यकतामा एउटा अपवाद छ । यदि तपाईं भेरमोन्टमा बसोबास गर्नुहुन्न भने निम्न सबै विवरणहरू सत्य छन् भने मात्र तपाईंले भेरमोन्टमा सम्बन्धविच्छेद गर्न सक्नुहुन्छ:
- तपाईंले भेरमोन्टमा सिभिल यूनियन (civil union) मा हुनुहुन्छ छ वा समलिंगी विवाह गर्नुभएको छ
- तपाईंले अहिले बसोबास गरिरहेको राज्यमा सम्बन्धविच्छेद गर्न सक्नुहुन्न किनभने त्यस राज्यको कानूनले तपाईंको विवाह वा सिभिल यूनियनलाई मान्यता दिएको छैन
- तपाईंको नाबालक बच्चाहरू छैन र
- तपाईंसँग आफ्नो सिभिल यूनियन साथी वा समलिंगी पति/पत्नीसँग तपाईंहरूको सबै सम्पत्ति र ऋणहरू भागबण्डा गर्ने लिखित सम्झौता छ
भेरमोन्टमा सम्बन्धविच्छेद र भागबन्डा बारे फ्यामिली ल इन्फोरमेस न अन द भेरमोन्टस् जिउडिसियरीकोवेबसाइट (Family Law Information on the Vermont Judiciary's website) बाट सामान्य जानकारी लिनुहोस् ।
के मैले कुनै अधिवक्तालाई लिनुपर्छ ?
हामीले यो जानकारी कम-आय भएका मानिसहरूलाई उपलब्ध गराउछौं जसले अधिवक्ताहरूको शुल्क वहन गर्न सक्दैनन् । यदि तपाईंले खर्च वहन गर्न सक्नुहुन्छ भने हामी तपाईंलाई अधिवक्तालाई लिन सल्लाह दिन्छौं । तर, यदि तपाईंले अधिवक्ताको शुल्क वहन गर्न सक्नुहुन्न भने केही सुझावहरू यहाँ छन् ।
यदि तपाईंको सम्बन्धविच्छेद निम्न कुराहरूले गर्दा कठिन छ भने तपाईंले अधिवक्तालाई लिने प्रयास गर्नुपर्छ:
- निवृत्तिभरण वा अचल सम्पत्ति जस्ता सम्पत्तिका विवादहरू
- घरेलुहिंसा
- अन्तर्राजीय संरक्षकत्व विवादहरू (तपाईं र तपाईंको पूर्व साथीको बच्चाहरू छन् र तपाईंहरू भिन्न-भिन्न राज्यहरूमा बसोबास गर्नुहुन्छ)
- तपाईं विकलांग हुनुहुन्छ वा तपाईं राम्रोसँग अंग्रेजी बोल्नु हुँदैन
निम्न अवस्थाहरूमा तपाईं आफैंले यसलाई गर्ने प्रयास गर्न सक्नुहुन्छ:
- तपाईं र तपाईंको पति/पत्नीले सम्बन्धविच्छेदको सर्तहरूमा सहमति जनाउनुभएको छ
- तपाईं र तपाईंको पति/पत्नीले बच्चाको संरक्षकत्व (हेरचाह स्थिति) र भेटघाटको सम्बन्धमा सहमति गर्न सक्नुहुन्छ
- तपाईंले आफ्नो पति/पत्नी खतरा भएको महसुस गर्नुहुन्न र
- तपाईंहरूको थोरै सम्पत्ति वा ऋणहरू छ जसलाई तपाईंले निष्पक्ष रूपमा भागबण्डा गर्न सक्नुहुन्छ
यदि तपाईंलाई आफ्नो लागि अधिवक्ता आवश्यक रहेको र तपाईंले त्यसको खर्च वहन गर्न सक्नुहुन्न जस्तो लाग्छ भने भेरमोन्ट लिगल एडलाई 1-800-889-2047 मा फोन सम्पर्क गर्नुहोस् । तपाईं भोल्युन्टर लयर्सप्रोजेक्ट (Volunteer Lawyer's Project) वा भेरमोन्टको अन्य नि:शुल्क वा कम खर्च कानूनी सहायता कार्यक्रमहरू मध्ये एउटासँग जोडिन सक्नुहुन्छ । फोन सम्पर्क गर्ने सबैको लागि नि:शुल्क अधिवक्ताहरू छैनन् ।
नि:शुल्क अधिवक्ताको लागि अन्य सम्भावित श्रोतहरू:
- हेभ जस्टिस विल ट्राभल (Have Justice Will Travel)– (रूटल्याण्ड र बेनिंगटन काउन्टीहरूमा हुने मुद्दाहरूको लागि) 1-877-496-8100
- तपाईंको स्थानीय डोमेस्टिक भ्वाइलेन्स प्रोग्राम लेतपाईंलाई कुनै अधिवक्ता समक्ष पठाउन सक्छ । राज्यव्यापी हटलाइनलाई 1-800-228-7395मा फोन सम्पर्क गर्नुहोस् ।
महत्वपूर्ण सुझावहरू
यदि तपाईं विवाहित हुनुहुन्न तर तपाईंको बच्चाहरू छन् भने तपाईंले मातृ-पितृत्व कारवाही दर्ता गर्नु जरूरीहुन्छ ।
यदि तपाईंलाई निम्न कुराहरूमा मद्दत आवश्यक भएमा भेरमोन्ट लिगल एडलाई 1-800-889-2047मा फोन सम्पर्क गर्नुहोस्:
- खाना र आश्रय प्राप्त गर्न
- चिकित्सकीय स्याहारको लागि भुक्तान गर्न
- सार्वजनिक लाभहरू
- आवासीय विवादहरू
- घरेलुहिंसाबाट मुक्त हुन
- संघीय कर समस्याहरू
- निखन्न पाउने हकमा लगाइने प्रतिबन्ध
- क्रेडिट कार्ड वा अन्य ऋणका कारवाहीहरू
यदि तपाईंसँग आफ्नो सम्बन्धविच्छेद कसरी गर्ने बारेमा थप प्रश्नहरू छन् वा तपाईंलाई अदालतका फारामहरू दर्ता गर्नमा मद्दत आवश्यक परेमा मद्दतको लागि आफ्नो स्थानीय कानूनी क्लिनिकमा जानुहोस ।
आगामी 10चरणहरूले तपाईंलाई के गर्ने भनेर बताउँछ । सबैजनाले सबै 10चरणहरू गर्नुपर्दैन । याद राख्नुहोस्: एक समयमा एउटा चरण मात्र लिनुहोस् ।
चरण 1: अदालतका फारामहरू लिनुहोस्
आफ्नो स्थानीय सुपेरियर कोर्ट (Superior Court) – फ्यामिली डिभिजन (Family Division) मा जानुहोस् र क्लर्कसँग फारामहरूको प्याकेट माग्नुहोस् । क्लर्कलाई तपाईं विवाहित भएको वा नभएको र तपाईंको आफ्नो पति/पत्नीसँग बच्चाहरू छन् वा छैनन् बताउनुहोस् । क्लर्कले तपाईंलाई फारामहरूको सही सेट दिनेछ । प्याकेटमा फारामहरूमा के गर्ने भनेर जानकारी दिने निर्देशनहरू भएको एउटा पाना पनि हुन्छ ।
तपाईंले आफूलाई अदालती प्रक्रियालाई बुझ्न सहयोगको लागि फारामहरू र जानकारीको प्याकेटहरू अनलाइन पनि प्राप्त गर्न सक्नुहुन्छ । सम्बन्धविच्छेदको लागि या त बच्चाहरू सहितको सम्बन्धविच्छेद वा बच्चाहरू रहितको सम्बन्धविच्छेद छनोट गर्नुहोस् । अनलाइनमा फारामहरू कसरी दर्ता गर्ने भनेर तपाईंलाई सहयोग गर्ने कोर्टफोर्मप्रेप (CourtFormPrep) भनिने साक्षात्कार कार्यक्रम पनि छ जसलाई तपाईंले सम्बन्धविच्छेद सुरू गर्न, सम्बन्धविच्छेदको जवाफ फर्काउन, वा गैर-आवासीय सम्बन्धविच्छेद सुरू गर्न प्रयोग गर्न सक्नुहुन्छ ।
सम्बन्धविच्छेद गर्दा पैसा खर्च हुन्छ । तपाईंले अदालतका शुल्कहरूको सूची अनलाइन प्राप्त गर्न सक्नुहुन्छ । यहाँ केही शुल्कहरू दिइएका छन्:
बच्चाहरू सहितको सम्बन्धविच्छेद – अदालतले अर्को पक्षलाई हुलाक चिठीद्वारा कागजपत्रहरू पठाउँछ ।
- सम्झौता बिनाको दर्ता शुल्क: $295
- पूर्ण सम्झौता सहितको दर्ता शुल्क: $90
बच्चाहरू रहितको सम्बन्धविच्छेद – सम्बन्धविच्छेदका कागजपत्रहरू पठाउने र सेवाको खर्चहरूको जिम्मेवारी तपाईंमा रहन्छ ।
- सम्झौता बिनाको दर्ता शुल्क: $295
- पूर्ण सम्झौता सहितको दर्ता शुल्क: $90
- सेवा शुल्कहरू: $50-$100
यदि तपाईंको आय एकदमै कम छ र तपाईंले यी खर्चहरू तिर्न सक्नुहुन्न भने तपाईंले अदालतलाई ती खर्चहरू तिर्न भन्न सक्नुहुन्छ । क्लर्कसँग एप्लिकेसन टु प्रोसिड इन फोर्मा पाउपेरिस Application to Proceed in Forma Pauperis (IFP) माग्नुहोस् । यस फारामलाई शुल्क छुट फाराम पनि भनिन्छ ।
IFP(शुल्क छुट) फाराममा आफ्नो सबै आय र खर्चहरू सूचीकृत गर्नुहोस् । यदि तपाईंले अप (Reach Up), एस.एस.आइ.(SSI) वा सामान्य सहयोग प्राप्त गर्नुहुन्छ भने अदालतले शुल्कहरूमा छुट दिनुपर्छ । यदि तपाईंलाई अस्वीकार गरिन्छ भने भेरमोन्ट लिगल एडलाई सम्पर्क गर्नुहोस् । यदि तपाईंको आय बढी छ भने अदालतले तपाईंको आय र खर्चहरूको विश्लेषण गर्नेछ र छुटको लागि तपाईं योग्य हुनुहुन्छ वा हुनुहुन्न भनेर निर्णय गर्नेछ । यदि तपाईं काम गर्दै हुनुहुन्छ भनेपनि कहिलेकाहीं तपाईंले शुल्कमा छुट पाउन सक्नुहुन्छ ।
चरण 2: फारामहरूलाई पूरा भर्नुहोस्
त्यसपछि, तपाईंले अदालतबाट प्राप्त सबै फारामहरूलाई भर्नुपर्ने हुन्छ । फारामहरूको प्याकेटको अगाडि रहेको आवरण पाना (वा जसलाई तपाईंले अनलाइन प्राप्त गर्नुहुन्छ) ले तपाईंलाई केही सहयोग दिन्छ ।यसलाई ध्यान दिएर पढ्नुहोस् ।
सुझावहरू:
- यदि तपाईं आफैंले फारामहरूलाई भर्न सक्नुहुन्न भने अदालतको क्लर्कलाई तपाईंको क्षेत्रमा लिगल क्लिनिक (Legal Clinic) वा लिगल एसिस्टेन्स प्रोजेक्ट (Legal Assistance Project) छ कि भनेर सोध्नुहोस् । त्यहाँ कुनै अधिवक्ता वा पारालिगलले तपाईंलाई फारामहरू भर्न सहयोग गर्न सक्छन् । अदालतका कर्मचारीहरूले तपाईंलाई कानूनी सल्लाह दिन सक्दैनन् ।
- जब तपाईंले अदालतमा कुनै कागजपत्र दर्ता गर्नुहुन्छ तब त्यसको एक प्रतिलिपि जहिलेपनि अर्को पक्षलाई वा उनको कुनै अधिवक्ता भएमा उक्त अधिवक्तालाई पठाउनुहोस् ।
- आफ्नो अदालती मुद्दाको सबै कागजपत्रहरूको दोस्रो प्रतिलिपि बनाउनुहोस् । तिनीहरूलाई एउटा फाइलमा राख्नुहोस् र सबैलाई एकसाथ राख्नुहोस् । अर्को पक्षबाट प्राप्त हुने कुनैपनि कागजहरूलाई त्यस फाइलमा राख्नुहोस् । फाइललाई जहिले पनि अद्यावधिकरूपमा राख्नुहोस् । प्रत्येक पटक अदालत जाँदा यसलाई सँगै लानुहोस् । तपाईंको मुद्दामा के भइरहेको छ भनेर मितिबद्ध गरेर नोट बनाउनु पनि राम्रो हुन्छ ।
- यदि तपाईं घरेलुहिंसाबाट जुधिरहनु भएको छ र आफ्नो नयाँ ठेगाना आफ्नो पति/पत्नीबाट गोप्य राख्न चाहनुहुन्छ भने सहयोगको लागि भेरमोन्ट नेटवर्क एगेन्स्ट डोमेस्टिक एण्ड सेक्सुअल भ्वाइलेन्स वा भेरमोन्ट लिगल एडलाई सम्पर्क गर्नुहोस् ।
चरण 3: फारामहरू पठाउनुहोस् र दर्ता गर्नुहोस्
यदि तपाईंले बच्चाहरू सहितको सम्बन्धविच्छेदको लागि निवेदन दिँदै हुनुहुन्छ भने सबैभन्दा पहिला कागजपत्रहरू अदालतमा दर्ता गर्नुहोस् र अदालतले हुलाक चिठीद्वारा कागजपत्रहरूलाई अर्को पक्षलाई पठाउनेछ । तपाईंले दर्ता गर्नु पूर्व प्रतिलिपि बनाउनुभएको छ भनेर सुनिश्चित गर्नुहोस् ।
यदि तपाईंले बच्चाहरू रहितको सम्बन्धविच्छेदको लागि निवेदन दिँदै हुनुहुन्छ भने तपाईंले कागजपत्रहरू अदालतमा दर्ता गर्नैपर्छ र त्यसपछि तिनीहरूलाई आफ्नो पति/पत्नीलाई पठाउनुहोस् । यसरी आफ्नो पति/पत्नीलाई पठाउने केही भिन्न तरिकाहरू छन् र तपाईंले आफूलाई उत्तम लाग्ने तरिकालाई छनोट गर्नुपर्छ:
- हाते माध्यमद्वारा: यदि तपाईंको आफ्नोपति/पत्नीसँग राम्रो बोलचाल छ भने तपाईंले हाते माध्यमद्वारा नै उजुरी (Complaint) दिन सक्नुहुन्छ । उनले एसप्टेन्स अफ सर्विस (Acceptance of Service) फारामको प्रतिलिपिमा हस्ताक्षर गरेका छन् भनेर तपाईंले सुनिश्चित गर्नु जरूरी हुन्छ ।
- बुझिलिएको रसिद अनुरोध गरिएको पंजीकृत हुलाक चिठीद्वारा
- नियमित हुलाक चिट्ठीद्वारा
- शेरिफको माध्यमबाट
महत्वपूर्ण कुरा के छ भने अदालतले तपाईंको पति/पत्नीले कागजपत्रहरूको प्रतिलिपि प्राप्त गरेको प्रमाण पाउनैपर्छ ।
थप सुझावहरू:
- शेरिफले अर्को पक्षलाई जानकारी पठाएपछि उहाँले तपाईंलाई कागजपत्रहरू फिर्ता गर्नुहुनेछ । इतलायनामा (समन) हरूले कसलाई जानकारी पठाई बोलाइएको भनेर जनाउँनेछ । त्यसमा सेवाको सम्बन्धमा शेरिफद्वारा हस्ताक्षरित बकपत्र पनि हुनेछ ।
- तपाईंले हस्ताक्षरित समनहरू र बकपत्र पाउनासाथ तपाईंले तिनीहरूलाई अदालतमा दाखिला गर्नैपर्छ ।
- यदि तपाईंले 60दिन भित्रमा अर्को पक्षलाई जानकारी र कागजपत्रहरू पठाउनु भएन भने अदालतले मुद्दालाई खारेज गर्नसक्छ । यदि त्यस्तो भएमा तपाईंले सुरूवातदेखि नै सबै प्रक्रिया पुनः गर्नुपर्नेछ । तपाईंले अर्को दर्ता शुल्क तिर्नुपर्ने हुनसक्छ ।
- तपाईंले अर्को पक्षलाई पत्ता लगाउन नसक्नुहुन्छ । यदि तपाईंले सबै उचित प्रयासहरू गरेतापनि अर्को पक्षलाई पत्ता लगाउन सक्नुभएन भने अदालतले तपाईंलाई “प्रकाशनद्वारा सेवा” गर्न अनुमति दिन सक्छ । यद्यपि अदालतले प्रकाशन गर्दा लाग्ने खर्चहरूको भुक्तान गर्नेछैन ।
महत्वपूर्ण: यदि तपाईंको पत्राचार गर्ने ठेगाना वा टेलिफोन नम्बर फेरिएमा तत्कालै लिखितमा अदालतलाई सूचित गर्नुहोस् । अदालतको क्लर्कले तपाईं कहाँ हुनुहुन्छ भनेर जान्नु जरूरी हुन्छ । अन्यथा तपाईंले अदालतका नोटिसहरू प्राप्त गर्न सक्नुहुन्न र तपाईंले अदालतको पेशी तारिख छुटाउन सक्नुहुन्छ ।
चरण 4: केस म्यानेजर कन्फ्रेन्स
तपाईंले अदालतमा कागजपत्रहरू दर्ता गरेको (र यदि अर्को पक्षसँग तपाईंको बच्चाहरू छैनन् र अदालतमा कागजपत्रहरू दर्ता गरेको जानकारी तथा कागजपत्रहरू अर्को पक्षलाई पठाएको) केही हप्ता पछि अदालतले दुवै पक्षहरूलाई नोटिस पठाउनेछ । नोटिसले तपाईंलाई केस म्यानेजर कन्फ्रेन्स निर्धारण गरिएको जानकारी दिन्छ । यसले तपाईंलाई कन्फ्रेन्सको मिति र समयको जानकारी दिन्छ । केही व्यस्त अदालतहरूमा तपाईंले नोटिस र भेट्ने मितिको लागि लामोसमयसम्म पर्खनुपर्ने हुन्छ ।
कन्फ्रेन्समा जानुहुनेछ भन्ने कुरालाई सुनिश्चित गर्नुहोस् ।
कन्फ्रेन्स केस म्यानेजरद्वारा संचालित हुन्छ । केस म्यानेजरले तपाईंको मुद्दालाई निम्न तरिकाले अगाडि बढाउने प्रयास गर्नुहुनेछ:
- यदि तपाईंले सक्ने भएमा कुनैपनि विषयहरू – विशेषगरी संरक्षकत्व, भेटघाट र बच्चाको भरणपोषण जस्ता बच्चाहरूलाई प्रभाव गर्ने विषयहरूमा तपाईंहरूलाई सम्झौतामा पुग्न मद्दत गरेर
- जायजेथा तथा ऋणहरूको भागबण्डा सहित सम्पत्तिको विषयमा तपाईंहरूलाई सहमतिमा पुग्न मद्दत गरेर
- तपाईंहरू सहमत हुन नसक्नुभएको विषयहरूलाई पत्ता लगाएर
- तपाईंहरू कुन-कुन कुराहरूमा सहमत हुनुभएको छ त्यसको जानकारी दिने लिखित आदेश दिएर
तपाईं कन्फ्रेन्सको लागि अदालतमा कहिले उपस्थित हुनुपर्छ भन्ने जानकारी दिने अदालतले पठाएको नोटिसले तपाईंले आफ्नो साथ ल्याउनुपर्ने सबै जानकारीलाई पनि सूचिकृत गर्नेछ ।
यदि तपाईंहरूको बच्चाहरू छ भने केस म्यानेजर कन्फ्रेन्समा तपाईंले आफ्नोसाथ पूर्ण वित्तीय बकपत्र (financial affidavit) र अन्य वित्तीय दस्तावेजहरू ल्याउनुपर्ने हुन्छ । केस म्यानेजरले कन्फ्रेन्समा बच्चाको भरणपोषणको सम्बन्धमा दिशानिर्देश दिनुहुनेछ र दुवै पक्षहरू बच्चाको भरणपोषण बारे सहमत हुन सक्छन् ।
तपाईंले केस म्यानेजर कन्फ्रेन्समा कुनै पनि कुरामा सहमत हुनैपर्छ भन्ने छैन । केस म्यानेजर न्यायाधीश होइनन् । तपाईंले दवाब महसुस गर्नु पर्दैन वा हतारमा कुनै निर्णय लिनु पर्दैन । यो एकदमै महत्वपूर्ण हुन्छ । तपाईं सहमत भएको तोकलाई फेर्न कठिन हुनसक्छ ।
सुझावहरू:
- यदि तपाईं घरेलुहिंसाबाट पीडित हुनुहुन्छ भने तपाईंले केस म्यानेजरलाई तपाईं र अर्को पक्षलाई अलग-अलग भेट्न अनुरोध गर्न सक्नुहुन्छ
- यदि तपाईं अर्को पक्षसँग सम्झौताको बारेमा कुरा गर्दै हुनुहुन्छ भने याद राख्नुहोस् कि अदालतले बच्चाको आवश्यकताहरू पूरा गरिएको छन् वा छैनन् भनेर हेर्नेछ
- यदि तपाईंहरू संरक्षकत्व र भेटघाटको सम्बन्धमा सहमतिमा पुग्न सक्नु भएन भने तपाईंले न्यायाधीशलाई अस्थायी सुनुवाईको लागि अनुरोध गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो सुनुवाईको लागि पर्खदा बीचमा अदालत रहनेछैन
- यदि तपाईंहरू सहमतिमा पुग्न सक्नुभएन भने न्यायाधीश समक्ष सुनवाईको लागि मुद्दाको समय मिलाइनेछ । यदि कुनै एक पक्ष कन्फ्रेन्समा आएन भने सहमति सम्भव हुँदैन, त्यसैले न्यायाधीश समक्ष सुनवाईको लागि मुद्दाको समय मिलाइनेछ
- यदि तपाईंहरूले कन्फ्रेन्स भन्दा अघि नै सबै विवादहरूमा सहमति गरिसक्नुभएको छ भने केस म्यानेजरले तपाईंलाई अरू बाँकी चरणहरू छोडेर अगाडिका प्रक्रियाहरू गर्न सहयोग गर्न सक्नुहुन्छ ।
- यदि सबै चरणहरू पूरा हुनु भन्दा अगाडि नै तपाईंले कुनै आपतकालीन विषयहरूको समाधानका लागि सुनुवाई चाहनुहुन्छ भने केस म्यानेजरले तपाईंलाई चरण चारबाट सिधैं चरण सातमा जान सहयोग गर्न सक्नुहुन्छ ।
चरण 5: अन्तरिम/अस्थायी आदेश
केस म्यानेजर कन्फ्रेन्स भन्दा अघि वा पछि न्यायाधीशले अन्तरिम घरायसी आदेश जारी गर्नुहुनेछ । यो त्यस्तो मानक फाराम हो जसले अन्तिम सुनुवाईको समय निर्धारण गरिनु अघि के-के नियमहरू हुनेछ भनेर दुवै पक्षहरूलाई जानकारी दिन्छ । अन्तरिम आदेशले निम्न बारेमा पक्षहरूलाई जानकारी दिन्छ:
- दुर्व्यवहार गर्नु नहुने
- आवास छोडेर जाने
- व्यक्तिगत जायजेथा र अचल सम्पत्तिहरू
- खर्च र ऋणहरू
- बीमा योजनाहरू
तपाईंहरूले अन्य कुनै कुरामा लिखितमा सहमति नगर्दासम्म वा आदेशलाई फेर्न सुनुवाईको लागि अनुरोध नगर्दासम्म दुवै पक्षहरूले अन्तिम सुनुवाईसम्म यस आदेशको पालना गर्नैपर्छ । यदि तपाईं र अर्को पक्ष कुनै कुरा फेर्न सहमत हुनुहुन्छ भने तपाईंले अदालतमा लिखित सम्झौता दाखिल गर्नैपर्छ । तपाईंले अदालतले जारी गरेको हरेक आदेशलाई पालना गर्नु एकदमै महत्वपूर्ण हुन्छ ।
चरण 6: मध्यस्थता
चरण 6हरेक मुद्दामा हुँदैन, तर केही मुद्दाहरूमा न्यायाधीशले पक्षहरूलाई मध्यस्थतामा जान आदेश दिन सक्नुहुन्छ । मध्यस्थकर्ताले तपाईं दुईजनालाई तपाईंहरू सहमत हुन सक्ने जति विवादहरूमा सहमत गराउन प्रयास गर्नुहुनेछ । मध्यस्थकर्ताले निम्न विवादहरूमा सहमति गराउन खोज्नुहुनेछ:
- तपाईंहरूले संरक्षकत्व र भेटघाटको बारेमा कसरी योजना कसरी बनाउने
- बच्चाहरू कहाँ बस्नेछन्
- बच्चाहरूले अर्को पक्ष(आमा/बुबा) सँग कहिले समय बिताउने छन्
- बच्चाको भरणपोषणको रकम
- बच्चाहरूको स्वास्थ्य स्याहारको खर्च कसरी बेहोर्ने
- घरको खर्चहरू कसले तिर्ने
- पति/पत्नीको भरणपोषण
- बच्चाहरूमा प्रत्यक्ष असर पार्ने कुनै अन्य विषयहरू
- आफ्नो सम्पत्तिलाई कसरी भागबण्डा गर्ने
- आफ्नो ऋणहरूको भुक्तानीलाई कसरी भागबण्डा गर्ने
तपाईंले सद्भावका साथ मध्यस्थ गर्नुपर्छ तर तपाईंलाई गलत वा काम नगर्ने जस्तो लाग्ने कुनैपनि कुरामा तपाईं सहमत हुनुपर्दैन । मध्यस्थकर्ताले हरेक पक्षलाई प्राय: सुरूमा निजी रूपमा एक्लै भेट्नुहुन्छ ।
यदि अर्को पक्षले तपाईंलाई दुर्व्यवहार गरेको छ वा तपाईं डराउनुभएको छ भने यस बारे मध्यस्थकर्तालाई निजी बैठकमा बताउनुहोस् । तपाईंले मध्यस्थताको दौरानमा अर्को पक्षसँग एउटै कोठामा नभई छुट्टाछुट्टै कोठामा भेटको लागि अनुरोध गर्न सक्नुहुन्छ ।
मध्यस्थता गर्दा शुल्कहरू लाग्छ । तपाईंले अर्को पक्षसँग त्यस्तो शुल्कहरूलाई बाँड्नु पर्नेछ । मध्यस्थकर्तासँग शुल्कहरूलाई तपाईंको आयको आधारमा निर्धारण गर्न अनुरोध गर्नुहोस् ।
चरण 7: अस्थायी सम्बन्धविच्छेद सुनुवाई
चरण 7 अदालतको औपचारिक सुनुवाई हो । यो हरेक मुद्दामा हुँदैन । सुनुवाईमा न्यायाधीशले दुवै पक्षहरूलाई सुन्नुहुन्छ । तपाईं आफ्नो लागि आफै बोल्न, साक्षीहरू ल्याउन र दस्तावेजहरू पेश गर्न सक्नुहुन्छ । प्रमाण र प्रक्रिया सम्बन्धि अदालती नियमहरूलाई अनुसरण गरिनेछ ।
सुनुवाई पश्चात न्यायाधीशले तपाईंको सम्बन्धविच्छेद मुद्दा पूरा नहुँदासम्मको लागि एउटा अस्थायी आदेश दिनुहुनेछ जसले बच्चाहरूलाई असर पार्ने विवादहरू र बच्चाहरूलाई के गर्ने भनेर जानकारी दिन्छ । न्यायाधीशले सम्पत्तिको भागबण्डा, घरमा को बस्ने र अन्य वित्तीय विषयहरू बारेमा पनि अस्थायी आदेशहरू जारी गर्न सक्नुहुन्छ ।
चरण 8: स्थिति वा प्रि-ट्रायल कन्फ्रेन्स
चरण 8 हरेक मुद्दामा हुँदैन, तर न्यायाधीशले आफ्नो मुद्दामा तपाईंलाई कस्तो भइरहेको छ भनेर थाहा पाउन र यसपछि तपाईंले के गर्न सक्नुहुन्छ भनेर तपाईंलाई सहयोग गर्नको लागि कन्फ्रेन्सको लागि समय मिलाउन सक्नुहुन्छ । कन्फ्रेन्समा न्यायाधीशले तपाईंको अन्तिम सुनुवाईको मिति तथा समय र सुनुवाई कति लामो समयसम्म चल्ने भनेर निर्धारण गर्न सक्नुहुन्छ ।
चरण 9: अन्तिम सुनुवाई
भेरमोन्टमा, अन्तिम सुनुवाई हुनको लागि तपाईं 6महिनादेखि छुट्टिएरबसेको हुनैपर्छ । यसको अर्थ छुट्टाछुट्टै घरहरूमा बस्ने होइन । यसको अर्थ एउटै छत मुनि बसे पनि तपाईंहरूले आ-आफ्नो तरिकाले आफ्नो जीवन बिताइराख्नुभएको छ भन्ने हो ।
यदि बच्चाहरू छन् भने अदालतले सम्बन्धविच्छेदको कागजी कारवाही पूरा गरि पठाइएपछिको 6महिनासम्म अन्तिम सुनुवाईको समय निर्धारण गर्दैन ।
सुनुवाई निर्विरोध सुनुवाई वा बहस सहितको सुनुवाई हुनसक्छ । अन्तरिम सुनुवाई जस्तै यी दुवै औपचारिक सुनुवाईहरू हुन् ।
निर्विरोध सुनुवाई
बच्चाहरू (यदि तपाईंहरूको छन् भने) सँग सम्बन्धित सबै विषयहरू र घर सम्पत्ति र/वा ऋणहरू भागबण्डा गर्नेमा पक्षहरू सहमत भएको अवस्थामा निर्विरोध सुनुवाई हुन्छ । निर्विरोध सुनुवाईमा तपाईंसँग निम्न कुराहरूको जवाफ सोधिनेछ:
- तपाईंहरूको विवाह कहाँ र कहिले भएको थियो
- तपाईंहरू 6महिना भन्दा बढी समयदेखि छुट्टियर बस्नु भएको छ वा छैन
- एक पक्ष अन्तिम सुनुवाईको समयसम्म कमसेकम एक वर्षसम्म भेरमोन्टमा बसोबास गरेको छ वा छैन
- पक्षहरू पुन: मिलेर बस्न सक्छन् वा सक्दैनन्
- तपाईंलाई आफूले गर्नुभएको सम्झौता निष्पक्ष लागेको छ वा छैन र
- तपाईं सम्बन्धविच्छेदको लागि अदालतले स्वीकृति प्रदान गरोस् भनेर चाहनु हुन्छ वा हुँदैन
न्यायाधीशले तपाईंले निसी (nisi) अवधि छोड्न चाहनुहुन्छ कि भनेर पनि सोध्न सक्नुहुन्छ । “निसी”अवधि तपाईंको सम्बन्धविच्छेदको अन्तिम आदेश जारी गरिएपछिको प्रतिक्षा अवधि हो । यदि निसी अवधिको आदेश दिइएको छ भने उक्त निसी अवधि समाप्त नहुँदासम्म तपाईंको सम्बन्धविच्छेद पूरा हुँदैन । निसी अवधि सम्बन्धविच्छेदको अन्तिम आदेशको मितिबाट सुरू हुनेछ र 90दिनसम्मको हुनसक्छ । तपाईंले निसी अवधि लिनैपर्ने जरूरी छैन । तपाईंले यसलाई छोड्न सहमत हुन सक्नुहुन्छ । यदि तपाईंले निसी अवधिको फैसलालाई छोड्नु हुन्छ भने तपाईंहरूको सम्बन्धविच्छेद सम्बन्धविच्छेदको अन्तिम आदेश जारी गरिएको मितिमा पूरा हुनेछ । यदि तपाईंले निसी अवधिलाई छोड्नु भएन भने सम्बन्धविच्छेद 90दिनमा पूरा हुनेछ ।
बहस सहितको सुनुवाई
न्यायाधीशले दुवै पक्षहरूको बहसहरूलाई सुन्नु हुनेछ र त्यसपछि अन्तिम आदेश जारी गर्नुहुनेछ । तपाईंले सम्झौता बाहेक माथिका सबै कुराहरूमा बकपत्र गर्नु पर्नेछ । तपाईंले आफैं आफ्नो प्रमाण दिन र साक्षीहरू तथा दस्तावेजहरू प्रस्तुत गर्न सक्नुहुन्छ । तपाईंले अर्को पक्षलाई प्रश्नहरू सोध्न सक्नुहुन्छ र तिनीहरूले पनि तपाईं तथा तपाईंका साक्षीहरूलाई प्रश्नहरू सोध्न सक्छन् । प्रमाण र प्रकियाको अदालती नियमहरू लागू हुन्छन् ।
अन्तिम आदेश माथि पुनरावेदन गर्ने हदम्याद क्लर्कले आदेशलाई कार्यसूचीमा दर्ता गरिएपछिको 30दिनहुन्छ । कुनैपनि पुनरावेदनलाई पारिवारिक अदालतको क्लर्कसँग दर्ता गर्नुहोस् । तपाईंलाई सायद पुनरावेदनमा अगाडि बढ्न तपाईंलाई सहयोग गर्नको लागि अधिवक्ता आवश्यक हुनेछ । पुनरावेदनको लागि दर्ता शुल्कमा छुट हुन सकिने भएतापनि अन्य खर्चहरूमा छुट हुँदैन । पुनरावेदनहरू महँगा हुन्छन् ।
चरण 10: बच्चाको भरणपोषण सुनुवाई
यदि तपाईंको अर्को पक्षसँग नाबालक बच्चाहरू छन् भने अदालतले न्यायाधीशद्वारा अन्तिम आदेश जारी गरिसकेपछि बच्चाको भरणपोषण सुनुवाईको लागि समय निर्धारण गर्नेछ । बच्चाको भरणपोषण सुनुवाईहरूको निर्णय मजिस्ट्रेटद्वारा गरिन्छ ।
पुनरावलोकन
- तपाईंले अधिवक्ता लिनु पर्छ वा पर्दैन अथवा आफैं अगाडि बढ्न ठिक हुन्छ कि हुँदैन भनेर निर्णय गर्नुहोस्
- सुरू गर्नको लागि यो गाइडलाई पढ्नुहोस्
- आफ्नो अदालती फारामहरूको प्याकेट लिनुहोस् र यसलाई सावधानीपूर्वक पढ्नुहोस्
- सबै फारामहरूलाई भर्नुहोस् । यदि सहयोग चाहिएमा त्यसलाई लिनुहोस् । यदि फारामलाई लेख्य प्रमाणित गर्नुपर्छ भने नोटरीको सामुन्ने त्यसमा हस्ताक्षर गर्नुभएको छ भनेर सुनिश्चित गर्नुहोस् र आफ्नो अभिलेखको लागि त्यसको प्रतिलिपिहरू बनाउनुहोस्
- फारामहरूलाई दर्ता गर्नुहोस् र तिनीहरूलाई पठाईएको छ भनेर सुनिश्चित गर्नुहोस्
- केस म्यानेजर कन्फ्रेन्समा जानुहोस्
- अन्तरिम/अस्थायी आदेशलाई पालना गर्नुहोस्
- कुनैपनि निर्धारित सुनुवाई वा कन्फ्रेन्समा समयमै उपस्थित हुनुहोस् । अदालतमा बच्चाहरूलाई आफूसँग लिएर नआउनुहोस्
- यदि तपाईंको ठेगाना परिवर्तन भएमा अदालतलाई लिखितमा सूचित गर्नुहोस्
- एक समयमा एउटा चरण मात्र लिनुहोस् !
सामान्य प्रश्नहरू
अहिलेसम्म हामीले अदालतको पारिवारिक डिभिजनले कसरी काम गर्छ भन्ने बारेमा आधारभूत जानकारीलाई बताएका छौं, तर जान्नको लागि अझैं धेरै कुराहरू छन् । यहाँ केहि अधिकांश सोधिने प्रश्नहरूका उत्तरहरू छन्:
प्र. मलाई सम्बन्धविच्छेद चाहिएको छ तर हाम्रो बच्चा छैन ?
उ. तपाईंको सम्बन्धविच्छेद मुद्दा झन् सजिलो हुनेछ किनभने तपाईंले बच्चाहरूको विवादसँग जुध्नु पर्दैन । सुरू गर्नको लागि, बच्चाहरू रहितको सम्बन्धविच्छेदको लागि फारामहरूको प्याकेट ल्याउनुहोस् । तपाईंले कागजपत्रहरू दर्ता गरि त्यसको जानकारी अर्को पक्षलाई पठाएपछि उक्त मुद्दा बच्चाहरू सहितको सम्बन्धविच्छेद झैँ समान चरणहरूमा चल्नेछ ।
यदि तपाईं प्रतिवादी हुनुहुन्छ भने अदालतको कागजपत्रहरू प्राप्त भएको 21दिन भित्रमा या त उपस्थितिको सूचना(Notice of Appearance) वा जवाफ र प्रतिदावी(Answer and Counterclaim) दाखिला गर्नुहोस् । उपस्थितिको सूचनाले अदालतलाई तपाईं मुद्दामा सहभागी हुनुहुनेछ भनेर जानकारी दिन्छ । त्यसको एउटा प्रतिलिपि अर्को पक्षलाई हुलाक चिठीद्वारा पठाउनुहोस् र सक्कल प्रति अदालतमा दाखिल गर्नुहोस् । जवाफ र प्रतिदावी एउटा लामो फाराम हो जुन तपाईंले दर्ता गर्न र अर्को पक्षलाई पठाउन चाहन सक्नुहुन्छ । यसमा तपाईंले पनि अदालतलाई सम्बन्धविच्छेदको लागि अनुरोध गर्नुहुन्छ । यदि अर्को पक्षले मुद्दा फिर्ता लिने निर्णय गरेपनि तपाईं आफ्नो प्रतिदावीका साथ अगाडिको प्रक्रियाहरू बढाउन सक्नुहुन्छ ।
यदि तपाईंले उपस्थिति वा जवाफ दाखिला गर्नुभएन भने अदालतले तपाईंले मुद्दाको फैसला के हुन्छ भन्ने बारेमा वास्ता गर्नुहुन्न भन्ने अनुमान लगाउनेछ । अदालतले प्रक्रियालाई अगाडि बढाउन सक्छ र तपाईंलाई थप कुनै जानकारी नदिइ मुद्दाको सबै विवादहरूको निर्णय गर्नसक्छ ।
प्र. मातृ-पितृत्व मुद्दा (अविवाहित आमाबुबाहरूको लागि) सम्बन्धविच्छेद भन्दा कसरी भिन्न छ ?
उ. मातृ-पितृत्व मुद्दा र सम्बन्धविच्छेद बीचमा अनेक भिन्नताहरू छन्:
- अदालतले सम्पत्ति सम्बन्धि कुनैपनि विवादहरूमा निर्णय गर्ने छैन । मातृ-पितृत्व मुद्दामा निर्णय गरिने विवादहरू संरक्षकत्व, भेटघाट र बच्चाको भरणपोषण हुन्
- यदि दुई मध्ये कुनै एक पक्षले कथित बुबा नै बच्चाको बुबा हो भनि विवाद गरेमा तपाईंले सबैभन्दा पहिला पितृत्व परीक्षण गरि अगाडि बढ्नुपर्ने हुनसक्छ
- अदालतले बच्चाको भरणपोषण आदेश दिनेछ तर पति/पत्नी भरणपोषण (मानाचामल) आदेश दिन सक्दैन
प्र. बच्चाहरूको बारेमा कस्ता विवादहरू अदालतद्वारा निर्णय गरिनुपर्छ वा दुवै पक्षहरूद्वारा सहमति गर्नुपर्छ ?
उ. तपाईंले सोच्नु पर्ने र सक्ने भए अर्को पक्ष(आमा/बुबा) सँग छलफल गर्न जरूरी हुने विवादहरू यहाँ दिइएका छन्:
- बच्चाहरू कहाँ बस्नेछन् ? धेरै समय एकजनासँग बिताउने वा दुवै जनासँग समय बाँड्ने ?
- बच्चाहरूले कहिले र कुन सर्तहरूमा अर्को पक्षसँग समय बिताउनेछन्? यदि तपाईंसँग सुरक्षा कारणहरूले गर्दा भेटघाटमा सर्तहरू (भेटघाटको दौरानमा परिवारको अन्य सदस्यद्वारा सुपरिवेक्षण गर्ने वा रक्सी वा लागूपदार्थ सेवन नगर्ने जस्ता सर्तहरू) अनुरोध गर्ने उचित कारणहरू छन् भने ती विषयहरूलाई अर्को पक्ष (आमा/बुबा), केस म्यानेजर वा न्यायाधीशसँग उठाउनुहोस् ।
- बच्चाको भरणपोषणको लागि कति रकम दिइनेछ ?
- तपाईंहरूले बच्चाहरूको स्वास्थ्य स्याहारको खर्चहरू कसरी बेहोर्नु हुनेछ ? के तपाईं दुई मध्ये कुनै एकले काममा चिकित्सकीय बीमा प्राप्त गर्न सक्नुहुन्छ ? के तपाईंको बच्चा सार्वजनिक बीमा [डा. डाइनासर (Dr. Dynasaur), मेडिकएड (Medicaid), भि.एच.ए.पी. (VHAP), ग्रिन माउन्टेन केयर (Green Mountain Care), वा राज्यका अन्य कार्यक्रमहरू] को लागि योग्य छ ? तपाईंहरूले पूरा नहुने अतिरिक्त चिकित्सकीय खर्चलाई कसरी बाँड्नु हुनेछ ?
- के तपाईंआफ्नो सम्झौतामा बच्चासँग सम्बन्धित अन्य कुनै विषयहरू समावेश गर्न चाहनुहुन्छ ? उदाहरणको लागि, के धार्मिक लालनपालन, शिक्षा, चिकित्सकीय उपचार वा हजुरबुबा/हजुरआमासँगको भेटघाट विवाद हुन् ?
संरक्षकत्व वा “अभिभावकीय अधिकार तथा जिम्मेवारीहरू”दुई प्रकारका हुन्छन्: भौतिक (जहाँ बच्चा बसोबास गर्छ) र कानूनी (चिकित्सकीय उपचार, शिक्षा, नियमित हेरचाह, धार्मिक लालनपालन इत्यादि) । भौतिक र कानूनी अधिकार तथा जिम्मेवारीहरू एउटा पक्ष (आमा वा बुबा) सँग हुन सक्छ र आपसमा बाँड्न सकिन्छ । त्यसैले, उदाहरणको लागि, यदि बच्चाहरू एउटा पक्ष (आमा वा बुबा) सँग अधिक समयसम्म बस्छ भने उक्त पक्षको मुख्य भौतिक जिम्मेवारी हुन्छ ।
दुवै पक्षहरूले सहमति नगरेसम्म अदालतले साझा अधिकार तथा जिम्मेवारीको सम्बन्धमा आदेश दिन सक्दैन भन्ने कुरालाई ध्यानमा राख्नु महत्वपूर्ण हुन्छ । अदालतले कानूनी जिम्मेवारीहरूलाई विभाजन गर्नसक्छ जसले गर्दा एक पक्ष (आमा वा बुबा) केही निर्णयहरूको लागि जिम्मेवार हुन्छ भने अरू निर्णयहरूको लागि अर्को पक्ष (बुबा वा आमा) जिम्मेवार हुन्छ । उदाहरणको लागि, एक पक्ष (आमा वा बुबा) सँग धर्मको बारेमा निर्णयहरू गर्ने अधिकार हुनसक्छ, तर अर्को पक्ष (बुबा वा आमा) सँग अन्य सबै कानूनी निर्णयहरू गर्ने अधिकार हुनसक्छ । कठिन मुद्दाहरूमा अदालतले “मुद्दाको सम्बन्धमा अभिभावक (guardian ad litem)”नियुक्त गर्नसक्छ । यस व्यक्तिले बच्चाहरूको सर्वोत्तम हितहरू के-के हुनसक्छन् भनेर अदालतलाई निर्णय गर्न सहयोग गर्दछ ।
प्र. अभिभावक समन्वयकर्ता के हो ?
उ. पक्षहरूले सहमति नगरेको मुद्दाहरूमा अदालतले अभिभावक समन्वयकर्ता नियुक्त गर्नसक्छ । यो आमाबुबालाई तालिका बनाउन र अदालतको आदेशहरू पालना गर्नको लागि सहयोग गर्नको निम्ति हो । अभिभावक समन्वयकर्ताहरू सम्बन्धविच्छेद वा पारिवारिक कानूनको अन्य मुद्दामा बच्चाको सर्वोत्तम हितहरूलाई सम्बोधन गर्न विशेषरूपमा प्रशिक्षित हुन्छन् । अभिभावक समन्वयकर्ताले बच्चाको जीवनमा महत्वपूर्ण व्यक्तिहरूसँग कुरा गर्नुहुनेछ र सबैभन्दा उत्तम अभिभावक-बच्चा सम्पर्क तालिका वा अभिभावकीय योजना के हुनेछ भन्ने बारेमा अदालतलाई सिफारिस गर्नुहुनेछ ।
यदि दुई मध्ये कुनै एक पक्ष(आमा वा बुबा) ले अभिभावक समन्वयकर्ताको सिफारिसमा असहमति जनाएमा तिनीहरूले अदालतमा आपत्ति दर्ता गर्नसक्छ । त्यसपछि अदालतले अभिभावक समन्वयकर्ताको सिफारिसहरूलाई पालना गर्ने कि नगर्ने भनेर निर्णय गर्नको लागि सुनुवाईको समय निर्धारण गर्नेछ ।
प्र. मेरो अदालतको मुद्दा कति समयसम्म चल्नेछ ?
उ. त्यो अनेक कुराहरूमा निर्भर हुन्छ । यदि तपाईंहरू सम्बन्धविच्छेद गर्दै हुनुहुन्छ र तपाईंहरूले सबै विवादहरूमा सहमति जनाई सक्नुभएतापनि छुट्टाछुट्टै र अलग बसेपछि तपाईंले अन्तिम सुनुवाईको लागि कम्तिमापनि 6महिना पर्खनुपर्ने हुन्छ ।
यदि तपाईंहरूको नाबालक बच्चाहरू छन् भने मुद्दा दर्ता भएपछि कम्तिमापनि 6महिना नहुँदासम्म अदालतले अन्तिम सुनुवाईको लागि समय निर्धारण गर्दैन ।
प्र. सम्बन्धविच्छेदको लागि मैले अन्य कारणहरू वा “आधारहरू”दर्ता गर्न सक्छु ?
उ. भेरमोन्टमा धेरैजसो सम्बन्धविच्छेदहरू पक्षहरू लगातार 6 महिनासम्म छुट्टाछुट्टै र अलग बसेको तथा पुन: मिलेर बस्ननसक्ने आधारमा स्वीकृत गरिन्छ ।
भेरमोन्टको कानूनमा सम्बन्धविच्छेदको लागि 6वटा आधारहरू भएतापनि फारामहरूलाई उक्त आधारहरूमा तपाईंले सम्बन्धविच्छेदको लागि दर्ता गर्ने गरि तयार गरिएको छैन । यदि तपाईंले तपाईंहरू 6महिनासम्म छुट्टाछुट्टै र अलग बसेको तथा पुन: मिलेर बस्ननसक्ने आधार बाहेक अन्य कारणहरूको लागि दर्ता गर्ने निर्णय गर्नुभएमा तपाईंले अधिवक्तासँग परामर्श गर्नुपर्छ ।यदि तपाईंले सम्बन्धविच्छेदको लागि कुनै कारण दर्ता गर्नुभयो र त्यसलाई प्रमाणित गर्नुभएन भने न्यायाधीशले सम्बन्धविच्छेदको लागि स्वीकृति नदिन सक्नुहुन्छ ।
यदि एक पक्षले अदालतलाई “स्थायी र मिलापत्र नहुने भिन्नताहरू”छन् भनेर बताएमा अदालतले सम्बन्धविच्छेदको लागि आदेश दिन सक्छ, त्यसैले अदालतले कुनै एक पक्ष मात्र गलत भएको आधारमा पनि लगभग सधैं सम्बन्धविच्छेदको स्वीकृति दिन्छ । सम्बन्धविच्छेदको मुद्दामा अदालतले गम्भीर दुर्व्यवहारलाई सन्दर्भमा लिएर संरक्षकत्व, भेटघाट वा पति/पत्नीको भरणपोषण जस्ता अन्य विषयहरूमा निर्णय लिनसक्छ । तपाईंले 6महिनासम्म छुट्टाछुट्टै र अलग बसेको आधारमा पनि सम्बन्धविच्छेदको लागि अदालतको स्वीकृति माग्न सक्ने कुरा सत्य हो ।
प्र. यदि म प्रतिवादी हो र मैले हुलाक चिठीबाट सम्बन्धविच्छेदको कागजपत्रहरू प्राप्त गरे पश्चात मैले “बुझिलिएको सूचना (Acknowledgment of Receipt)”फाराममा हस्ताक्षर गरि फिर्ता पठाएमा के मैले उजुरीमा भएका सबै कुराहरूमा सहमति जनाएको हुँदैन ?
उ. हुँदैन । फाराममा हस्ताक्षर गरि फिर्ता पठाएर तपाईंले सम्बन्धविच्छेदको कागजपत्रहरू प्राप्त गर्नुभयो भनेर सहमति मात्र दिनुहुन्छ । तपाईंले विवादहरूको सम्बन्धमा पछि हुने कन्फ्रेन्स, मध्यस्थता र कुनैपनि औपचारिक सुनुवाईहरूमा आफ्नो कुराहरू राख्ने मौका पाउनु हुनेछ ।