हामीतपाईंलाईकसरीमद्दतगर्नसक्छौं
भेरमोन्ट लिगल एड (Vermont Legal Aid) र ल लाइन अफ भेरमोन्ट(Legal Services Vermont) ले भेरमोन्टमा बसोबास गर्ने निम्न-आय भएका मानिसहरूलाई नि:शुल्क देवानी (गैर-आपराधिक) कानूनी सहायता उपलब्ध गराउँछन् । हाम्रो सेवाहरूको लागि कुनै शुल्क लाग्दैन ।
हामी सहायता आवश्यक पर्ने सबैलाई मद्दत गर्न सक्दैनौं । हाम्रो परियोजनाहरू मध्ये अधिकांशमा आय सीमाहरू रहेको छ र हामीसँग हामीलाई फोन सम्पर्क गर्ने सबैलाई मद्दत गर्न पर्याप्त अधिवक्ताहरू छैनन् ।
हामी तपाईंलाई मद्दत गर्न सक्छौं कि सक्दैनौं भनेर थाहा पाउन कृपया हामीलाई फोन सम्पर्क गर्नुहोस् । हामी तपाईंलाई सल्लाह दिन वा अदालतमा आफूलाई प्रतिनिधित्व गर्ने सहायताको सूचना तपाईंले कहाँबाट पाउनुहुन्छ भनेर बताउन सक्छौं ।
हामीसम्म कसरी पुग्ने
हामी तपाईंलाई कसरी मद्दत गर्न सक्छौं भनेर जान्न 1-800-889-2047 मा फोन सम्पर्क गर्नुहोस् ।
हाम्रो कार्यालय सोमबारदेखि शुक्रबारसम्म बिहान 8बजेदेखि बेलुका 4बजेसम्म खुल्ला रहन्छ ।
हाम्रो फोन लाइनहरू व्यस्त हुन्छन् ! तपाईं हामीसम्म तुरून्तै नपुग्न सक्नुहुन्छ, त्यसैले कुनै आपतस्थिति बारे हामीलाई फोन सम्पर्क गर्नको लागि अन्तिम समयसम्म नपर्खनुहोस् !
यदि तपाईं हाम्रो भ्वाईसमेलमा पुग्नु भयो भने सन्देश छोडिदिनुहोस् र हामी तपाईंलाई फोन सम्पर्क गर्नेछौं । आफ्नो फोन नम्बर र तपाईंलाई भेट्ने उत्तम समय दिनुभएको छ भनेर सुनिश्चित गर्नुहोस् ।
यदि तपाईं अंग्रेजी बोल्नु हुँदैन भने तुरून्तै एकजना दोभाषेको लागि अनुरोध गर्नुहोस् । हामीले एउटा दोभाषे नि:शुल्क उपलब्ध गराउनेछौं ।
केआशागर्ने
तपाईंलाई हाम्रो अधिवक्ताहरू मध्ये कुनै एकजनासँग कुरा गर्न आवश्यक छ कि छैन भनेर जान्नको लागि हामी तपाईंलाई केही प्रश्नहरूको उत्तर दिनको लागि भन्नेछौं । यसलाई “ग्रहण”प्रक्रिया भनिन्छ ।
उदाहरणको लागि, हामी तपाईंलाई निम्न बारेमा प्रश्नहरू सोध्ने छौं;
- ठेगाना, टेलिफोन नम्बर, उमेर, तपाईं विवाहित हुनुहुन्छ वा हुनुहुँदैन र तपाईंको घरपरिवारमा कति जना सदस्यहरू छन् जस्ता व्यक्तिगत जानकारी
- तपाईंले कुरा गर्न खोज्नुभएको समस्या वा मुद्दाको बारेमा
- हामी तपाईंलाई मद्दत गर्न सक्छौं कि सक्दैनौं भनेर निर्धारण गर्नको निम्ति तपाईंको आय र सम्पत्तिहरूको बारेमा
तपाईंले हामीलाई दिने सबै जानकारी अधिवक्ता/सेवाग्राही विशेषाधिकारद्वारा सुरक्षित गरिन्छ र साझा गरिने छैन ।
हाम्रा कर्मचारीहरूले तपाईंलाई कसरी उत्तम तरिकाले सहयोग गर्ने भनेर निर्णय गर्नेछन् ।
तपाईंको परिस्थितिको आधारमा र यदि तपाईं योग्य हुनुहुन्छ भने तपाईंले निम्न सहयोगहरू प्राप्त गर्न सक्नुहुनेछ:
- टेलिफोनबाट कानूनी सल्लाह
- हुलाक चिठीद्वारा तपाईंलाई पठाइने जानकारी
- सीमित कानूनी अनुसन्धान
- कानूनी प्रतिनिधित्वको लागि कर्मचारी वा स्वयंसेवक अधिवक्ता समक्ष प्रेषण
- निकायहरूमा प्रेषण
- सल्लाह वा प्रतिनिधित्वको लागि निजी अधिवक्ता समक्ष प्रेषण
हामी आपाराधिक मुद्दाहरू वा ट्राफिक उल्लंघनहरू लिदैनौं ।
देवानीकानूनीसेवाहरूकेहुन्?
भेरमोन्ट लिगल एड, लिगल सर्विसेज ल लाइन अफ भेरमोन्ट र अन्य देवानी कानूनी सेवा संस्थाहरूले देवानी कानूनी मामिलाहरूमा मानिसहरूको प्रतिनिधित्व गर्छन् । देवानी कानूनी मामिलाहरू त्यस्ता मुद्दाहरू र अन्य कानूनी विवादहरू हुन् जो अपराधहरू बारे हुदैनन् ।
उदाहरणको लागि, देवानी कानूनी मामिलाहरूमा अधिकांश घरमालिक/भाडावाल विवाद, प्रयोग गरिएको कार तथा क्रेडिटकार्ड विवाद र रिच अप(Reach Up) तथा एस.एस.आइ.(SSI) लाभ सम्बन्धि मुद्दा र समान किसिमका विवादहरू ।
सार्वजनिक बचावकर्ता र अन्य कानूनी सेवा संस्थाहरूले मानिसहरूलाई फौजदारी मुद्दाहरूमा प्रतिनिधित्व गर्छन् जसमा सरकारले कुनै मानिसलाई आपराधिक कार्य गरेको अभियोग लगाएको हुन्छ ।