7/24/2020 मा संशोधित गरिएको जानकारी
मुख्य फोन नम्बर तथा वेब पृष्ठहरू:
- Vermont Legal Aid (VLA)/Legal Services Vermont (LSV) इनटेक लाइन: 1-800-889-2047
- Vermont Legal Aid/Legal Services Vermont कानुनी सहायता वेबसाइट: https://vtlawhelp.org/money-for-past-due-rent
- आपतकालीन हाउजीङ: बेनेफिट्स सर्भिस सेन्टर 1-800-479-6151 or 2-1-1
- रेन्टल हाउजिङ स्टेबलाइजेशन प्रोग्राम एप्लिकेसन: https://www.vsha.org/rental-housing-stabilization-program/
- VT Landlords एसोसियसन: 802-985-2764 वा 888-569-7368
- VSHA भुक्तान मानकहरू: https://www.vsha.org/wp/wp-content/uploads/2020/07/Voucher-Payment-Standards.pdf
योग्यता
योग्य को हुन्छ?
भाडा वा लटको भाडाबाट पिछडिएका गृहस्थीहरू वित्तीय मद्दतका लागि योग्य हुन्छन्। “गृहस्थी” तपाईं तथा तपाईंको परिवार व तपाईं तथा तपाईंको कोठाको साथी हुन सक्नुहुन्छ। तपाईंलाई “भाडावाल” भनिन्छ।
रकम कसले प्राप्त गर्छ?
वर्तमान वा भावी घरबेटीहरू वा लटका मालिकहरूले निश्चित सर्तहरूमा सहमति जनाएमा उहाँहरूलाई रकम सिधै भुक्तानी गरिने छ। रकम अनुदान दिइने छ जसलाई पुनः भुक्तानी गर्नु पर्दैन।
अनुदानको लागि के-कस्ता अवस्थाहरू योग्य हुन्छन्?
- भाडा भुक्तानी नगरेको भाडावालले भुक्तानी प्राप्त गर्न र भाडावाललाई राख्न चाहेको घरबेटीसँगै आवेदन दिएमा।
- अँ – यो अवस्था मद्दतको लागि योग्य हुन्छ।
- थप वहन गर्न सकिने युनिटमा सर्नका लागि आवश्यक रहेको सुरक्षा डिपोजिट तथा अग्रिम भाडा आवश्यक पर्ने भाडावालले आफूलाई भाडामा दिन तयार रहेको नयाँ घरबेटीसँगै आवेदन दिएमा।
- अँ – यो अवस्था मद्दतको लागि योग्य हुन्छ।
- घरबेटीले भाडा मागेमा तर भाडावालले त्यस कुरा प्रति प्रतिक्रिया नजनाएमा र VSHA मा दिने घरबेटीको अनुदानसम्बन्धी आवेदनमा जवाफ नदिएको भएमा।
- अँ – घरबेटीले प्राप्त हुने भाडाको आधा रकम प्राप्त गर्न सक्नुहुन्छ र भाडाको अवधि समाप्त गर्न सक्छन्। भाडावालले निष्कासन प्रक्रियापछि घर छोड्नु पर्ने हुन्छ।
- भर्मन्टर समन्वय प्रविष्टि कार्यक्रममा काम गरिसकेपछि मार्चदेखि कुनै पनि महिनामा साधारण सहायताद्वारा भुक्तानी गरिएको मोटेलमा बसेमा।
- अँ – समन्वय प्रविष्टि कार्यक्रम फेला पारी मद्दत प्राप्त गर्नका लागि 211 मा फोन गर्नुहोस् वा helpingtohousevt.org मा जानुहोस्।
यो रकम प्राप्त गर्नका लागि कुनै आय सीमा छ?
अहँ। यो सहायताका लागि कुनै पनि आय जाँच गरिँदैन।
के मैले योग्य हुनका लागि COVID को कारण आय गुमाएको हुनु पर्छ?
अहँ। तपाईंले यो वित्तीय मद्दत प्राप्त गर्नका लागि COVID सँग सम्बन्धित कारणले गर्दा आय गुमाएको हुनु पर्दैन।
मैले COVID को कारण वित्तीय आपतको सामना गरिरहेको छु तर बचत वा उधारो लिएको रकम प्रयोग गरी मेरो भाडा तिरेँ। के म योग्य हुन्छु?
अहँ। यस कार्यक्रममार्फत बाँकी भाडासम्बन्धी सहायताका लागि योग्य हुन, तपाईं र तपाईंको घरबेटीले तपाईं हाल भाडामा बस्नुहुन्छ र त्यसको रकम तपाईंको घरबेटीलाई सिधै भुक्तानी गरिन्छ भनी प्रमाणित गर्नु पर्छ। दुर्भाग्यवश, तपाईंले अन्य कोषहरू प्रयोग गर्नुभएको छ र हाल भाडामा बस्नुहुन्न भने, तपाईं यस अनुदानका लागि योग्य हुनुहुन्न।
मेरो अपार्टमेन्टमा मर्मतहरू आवश्यक छन्। के म योग्य हुन्छु?
रेन्टल युनिटहरूले भर्मन्ट रेन्टल हाउजिङसम्बन्धी नियमावली पूरा गरेमा वा 30 दिनभित्र पूरा गर्ने भएमा तिनीहरू सहायताका लागि योग्य हुन्छन्। यद्यपि, तपाईंको युनिटमा जीवन सुरक्षा नियमावलीका गम्भीर उल्लङ्घनहरू भएमा, भाडाको बाँकी रकम मर्मतहरू नगरिँदासम्म प्राप्त हुँदैन। उल्लङ्घनहरूको सूची आवेदनमा छ र यसमा निम्न जस्ता समस्याहरू समावेश छन्:
- इन्धनसम्बन्धी लिकहरू
- बाढी
- तातो पानी छैन
- शौचालय छैन
- झड्का लाग्न वा आगलागी हुन सक्ने विद्युतीय समस्याहरू
- आदि
तपाईंको आवेदनमा, तपाईंले आफ्नो युनिटमा जीवन सुरक्षा नियमावलीसम्बन्धी गम्भीर उल्लङ्घनहरू भएका छन् भनी टिपोट गरेमा, तपाईंलाई स्थानीय सहर स्वास्थ्य अधिकारी तथा भर्मन्ट कानूनी सहायतामा निर्दिष्ट गरिने छ।
यस सन्दर्भमा “घरबारहीनता” को अर्थ के हो?
यस कार्यक्रमको उद्देश्यका अनुसार, मार्च 2020 देखि कुनै पनि महिनामा DCF आर्थिक सेवामार्फत कसैले आकस्मिक हाउजिङ सहायता प्राप्त गरेमा उक्त व्यक्तिलाई “घरबारहीन” मानिन्छ।
मेरो घरबेटीले पहिले नै अदालतमा निष्कासन मामिला दायर गर्नुभयो। के म अझै पनि योग्य हुन्छु?
अँ। वास्तवमा, तपाईंको घरबेटीले अनुदान रकम प्राप्त गरेमा, उहाँले कुनै पनि विचाराधीन निष्कासन मामिला फिर्ता लिनु पर्छ।
आवेदन
मैले भाडावालको रूपमा कसरी आवेदन दिने?
हामी तपाईंले आफ्नो घरबेटीसँग आवेदन दिने र भाडाको तिर्नु पर्ने रकम पुष्टि गर्ने बारे कुराकानी गरेर यो प्रक्रिया सुरु गर्नुहोस् भनी सिफारिस गर्छौं। भाडावालको रूपमा, तपाईं भर्मन्ट स्टेट हाउजिङ प्राधिकरण (VSHA) को वेबसाइटमा रहेको आवेदन फाराम डाउनलोड गरी बचत गरेपछि त्यसलाई भरेर आवेदन दिन सक्नुहुन्छ https://www.vsha.org/wp/wp-content/uploads/2020/09/RHSP-Tenant-Application-9.3.20.pdf
तपाईंको घरबेटीले पनि VSHA को वेबसाइटमा रहेको घरबेटी प्रमाणीकरणको फाराम भर्नु पर्छ https://www.vsha.org/wp/wp-content/uploads/2020/09/RHSP-Landlord-Certification-9.3.20.pdf
यी आवेदनहरूमा सुचीबद्ध गरिएको बाँकी भाडाको रकम मिल्नु पर्छ। VSHA भर्मन्ट स्टेट हाउजिङ प्राधिकरणले यी दुवै फारामहरू प्राप्त गरिसकेपछि, तीनले 10 दिनभित्र निर्णय गर्ने छन्।
के मेरो घरबेटीलाई मैले आवेदन दिएको कुरा बताइने छ?
हामी तपाईं तपाईंको घरबेटीले तपाईंले तिर्नु पर्ने भाडा पुष्टि गर्नका लागि आफूले आवेदन दिनुअघि आफ्नो घरबेटीसँग कुरा गर्नुहोस् र उहाँसँग आफ्नो घरबेटीको व्यवसायको कानूनी नाम सोध्नुहोस् भनी सिफारिस गर्छौं। तपाईंको घरबेटीले तपाईंको आवेदन पूरा हुनुअघि कागजातहरू पेश गर्नु पर्छ। यदि तपाईंको घरबेटी कार्यक्रममा सहभागी हुन चाहनुहुन्न भने, मद्दतका लागि भर्मन्ट कानूनी सहायतामा सम्पर्क गर्नुहोस्।
के मैले यो आवेदन प्रिन्ट गरी यसमा हस्ताक्षर गर्नु पर्छ?
अहँ, तपाईं कागजात प्रिन्ट गरी यसमा हस्ताक्षर गर्नुको साटो हस्ताक्षर रेखामा आफ्नो नाम टाइप गर्न सक्नुहुन्छ। आफ्नो कम्प्युटर वा अन्य यन्त्रमा आवेदन भर्नुअघि यसलाई डाउनलोड गरी बचत गर्न सुनिश्चित हुनुहोस्। यो भरिसकेपछि, तपाईं यसलाई rentrelief@vsha.org मा इमेल पठाउन सक्नुहुन्छ।
यदि मसँग कोठाका साथीहरू छन् भने, के हामी प्रत्येकले आवेदन दिनु पर्छ?
यदि घरबेटीसँग तपाईंको गृहस्थीको भाडासम्बन्धी एउटा सम्झौता भएको छ भने, तपाईंले कोठाका सबै साथीहरूद्वारा तिर्नु पर्ने सबै भाडा सहित एउटा आवेदन पेश गर्नु पर्छ।
घरबेटीले कसरी आवेदन दिने?
आवेदन दिन, घरबेटीहरूले प्रमाणीकरण फाराम, डिरेक्ट डिपोजिट फाराम र W-9 फाराम पूरा गर्नु पर्छ। तिनीहरू सबै VSHA को वेबसाइट: https://www.vsha.org/rental-housing-stabilization-program/ मा रहेका छन्। उहाँहरूले VSHA मा अमान्य घोषित गरिएको चेक पनि दिनु पर्छ। VT घरबेटी संघ (802-985-2764 वा 888-569-7368) ले आवेदन दिएका घरबेटीहरूलाई मद्दत गरिरहेको छ।
यदि भाडावालले आवेदन दिएमा, के घरबेटी सहभागी हुनु पर्छ? उहाँ सहभागी नभएमा के हुन्छ?
घरबेटीहरूले यस कार्यक्रममा सहभागी नहुने विकल्प रोज्न सक्नुहुन्छ। सहभागितामा उहाँहरूले ढिलाईका शुल्कहरूमा छुट दिने र केही समयसम्म निष्कासन नगर्ने जस्ता निश्चित कुराहरूमा सहमति जनाउन आवश्यक हुन्छ। उहाँहरूले ती सर्तहरूमा सहमति जनाउन नचाहेको निर्णय गर्न सक्नुहुन्छ। यदि तपाईं बाँकी रकम तिर्नुहुन्छ र निष्कासनको सामना गर्दै हुनुहुन्छ भने, तपाईं सुझावका लागि हामीलाई 1-800-889-2047 मा फोन गरी भर्मन्ट कानूनी सहायतामा सम्पर्क गर्न सक्नुहुन्छ।
म घरबारहीन भएमा आवेदन दिनको लागि मैले के गर्नु पर्छ?
यदि तपाईं घरमा आएर बस्नका लागि सुरक्षा डिपोजिट र भाडामा मद्दत प्राप्त गर्ने रकमका लागि आवेदन दिँदै हुनुहुन्छ भने, तपाईं र तपाईंको छिट्टै हुनेवाला भाडावाल दुवैले आवेदनहरू पठाउनु पर्ने हुन्छ। आवेदनहरूमा निम्न कुरा उल्लेख गर्नु पर्छ:
- सुरक्षा डिपोजिटको रकम र
- घरमा आएर बस्नका लागि आवश्यक पर्ने अग्रिम भाडा।
यी रकम दुवै आवेदनमा समान हुनु पर्छ।
यदि तपाईं घरबारहीन हुनुहुन्छ र तपाईंलाई जारी रेन्टलसम्बन्धी सहायता आवश्यक हुन्छ भने, VSHA ले तपाईंलाई पहिले समन्वय प्रविष्टिमा काम गर्न अनुरोध गर्ने छ। समन्वय प्रविष्टि कार्यक्रम फेला पार्न 211 मा फोन गर्नुहोस् वा helpingtohouse.org मा जानुहोस्।
भाडावालका लागि “अरक्षणीय” हुनुको अर्थ के हो? आवेदनमा त्यो बाकसमा कसले सही चिन्ह लगाउनु पर्छ?
यदि COVID-19 को कारण आय वा खर्चसम्बन्धी परिवर्तनहरूलाई ध्यनमा नराखी तपाईंको हालको युनिट तपाईंको गृहस्थीका लागि वहन गर्न नसकिने रहेमा तपाईंको भाडाको घर “आरक्षणीय” हुन्छ। तपाईं आफूले थप वहनयोग्य युनिट फेला पारेमा यस अवस्थामा हुन सक्नुहुन्छ तर तपाईंलाई घरमा आएर बस्न आवश्यक सुरक्षा डिपोजिट र अग्रिम भाडाका लागि रकम आवश्यक पर्छ।
यदि तपाईंको एकदमै न्यून आय छ र तपाईं थप वहनयोग्य हाउजिङ फेला पार्न सक्नुहुन्न भने, 211 मा फोन गर्नुहोस् वा helpingtohouse.org मा जानुहोस्। तपाईं आफूलाई हाउजिङका थप लाभहरूमा मद्दत गर्ने संस्था फेला पार्न सक्नुहुन्छ जसकारण तपाईं हाउजिङ वहन गर्न सक्नुहुन्छ।
के फारामहरू अङ्ग्रेजी बाहेक अन्य भाषाहरूमा उपलब्ध छन्?
फारामहरू हाल अङ्ग्रेजीमा मात्र उपलब्ध छन् तर अन्य भाषाहरूमा छिट्टै नै उपलब्ध हुने छन्। भर्मन्ट स्टेट हाउजिङ प्राधिकरण (802-828-3295) मा दोभाषेहरू हुने छन्। यदि तपाईंलाई आवेदनमा समस्या भइरहेको छ भने, तपाईं भर्मन्ट कानूनी सहायता (1-800-889-2047) मा सम्पर्क गर्नुहोस् र हामीसँग पनि दोभाषेहरू हुने छन्।
मसँग आवेदनसम्बन्धी प्रश्नहरू भएमा मैले के गर्ने?
आवेदनसम्बन्धी मद्दत आवश्यक पर्ने भाडावालहरूले भर्मन्ट कानूनी सहायताको इनटेक लाइन: 1-800-889-2047 मा सम्पर्क गर्न सक्छन्। बारम्बार सोधिने प्रश्नहरू सहित कार्यक्रमबारे थप जानकारी VSHA को वेबसाइट: https://www.vsha.org/rental-housing-stabilization-program/ मा रहेको छ। हाम्रो कानूनी मद्दतको वेबसाइट: https://help.org/money-for-past-due-rent मा पनि केही जानकारी रहेको छ
रकम
मैले बाँकी भाडाको लागि कति रकम प्राप्त गर्न सक्छु?
तपाईंले भाडा तिर्ने हरेक महिनामा, VSHA ले तपाईंको घरबेटीलाई तपाईंले तिर्ने रकम वा VSHA को भुक्तानी मापदण्ड मध्ये जुन कम छ त्यही रकम भुक्तानी गर्ने छ। यदि तपाईंको घरबेटीले अनुदान दिइएको रकम स्वीकार गरेमा, तपाईंले भुक्तानी मापदण्ड माथि तिर्नु पर्ने कुनै पनि ढिलाई शुल्क वा रकम भुक्तानी गर्नु पर्ने छैन।
मेरो मासिक भाडा VSHA को भुक्तानी मापदण्डभन्दा बढी भएमा के हुन्छ?
अनुदान दिइएको रकम स्वीकार गरेर, तपाईंको घरबेटीले तपाईंले हरेक महिनाको लागि VSHA को भुक्तानी मापदण्डको अधिकतम रकमभन्दा बढी तिर्नु परे तापनि उक्त रकम स्वीकार गर्न सहमति जनाउनुहुन्छ। तपाईंले भुक्तानी मापदण्डभन्दा बढी तिर्नु पर्ने कुनै पनि रकम भुक्तानी गर्नु पर्ने छैन।
मेरो घरबेटीले मैले गुप्त रूपमा अतिरिक्त रकम भुक्तानी नगर्दासम्म कागजीकार्य भर्न सहमति जनाउनुहुन्न। मैले के गर्नु पर्छ?
कार्यक्रमअन्तर्गत गुप्त भुक्तानीको अनुमति दिइएको छैन। तपाईंको घरबेटीले हरेक महिनामा तपाईंले VSHA को भुक्तानी मापदण्डभन्दा बढी भुक्तानी गर्नु पर्छ भनी जोड दिनु हुँदैन। यदि तपाईंको घरबेटीले कार्यक्रमका सर्तहरूमा सहमति नजनाएमा, भर्मन्ट कानूनी सहायतालाई 1-800-889-2047 मा सम्पर्क गर्नुहोस्। तपाईंले निष्कासनसम्बन्धी सूचना वा अदालतको मामिलाबारे कागजहरू प्राप्त गरेमा हामीलाई फोन गर्न सुनिश्चित हुनुहोस्।
म घरबारहीन छु। मलाई नयाँ हाउजिङमा प्रदान गरिने मद्दतबाट मैले कति रकम प्राप्त गर्न सक्छु?
यदि तपाईं मार्चदेखि कुनै पनि समयमा साधारण सहायताद्वारा भुक्तानी गरिएको हाउजिङमा बस्नुभएको छ भने, तपाईं सुरक्षा डिपोजिट र पहिलो तथा अन्तिम महिनाको भाडाका लागि योग्य हुन सक्नुहुन्छ। आवेदन दिन, तपाईं र तपाईंको भावी घरबेटी दुवैले आवेदन दिनु पर्छ। तपाईंका आवेदनहरूमा निम्न कुरा उल्लेख गर्नु पर्छ:
- सुरक्षा डिपोजिटको रकम र
- घरमा आएर बस्नका लागि आवश्यक पर्ने अग्रिम भाडा।
तपाईंको आवेदनलाई मद्दतका लागि मानव सेवाको भर्मन्ट एजेन्सीमा पठाइने छ वा तपाईं आफ्नो स्थानीय समन्वय प्रविष्टि संस्थामा सम्पर्क गर्न सक्नुहुन्छ। समन्वय प्रविष्टि कार्यक्रम फेला पार्न 211 मा फोन गर्नुहोस् वा helpingtohouse.org मा जानुहोस्।
अन्य
म नागरिक नभएमा के मैले यो रकम प्राप्त गर्न सक्छु? म यस देशमा कानूनी स्थितिको साथमा छैन भने के हुन्छ?
रेन्टल हाउजिङ स्थायीकरण कार्यक्रम नागरिकता वा आप्रवासन स्थितिलाई ध्यानमा नराखीकन भर्मन्टमा हाल भाडामा बस्ने जोसुकैका लागि उपलब्ध छ।
यदि हामीलाई स्वीकृत दिइएमा र मेरो घरबेटीले रकम प्राप्त गरेमा, के त्यसले मलाई निष्कासनबाट जोगाउँछ? कति समयसम्म?
यदि तपाईंको घरबेटीले अनुदान दिइएको रकम स्वीकार गरेमा, उहाँले कुनै पनि विचाराधीन निष्कासन फिर्ता लिनु पर्छ, सबै ढिलाई शुल्कहरूमा छुट दिनु पर्छ र अनुदानद्वारा समेटिएको कुनै पनि महिनामा तपाईंको बाँकी भाडा पूर्ण रूपमा भुक्तानी गरिएको मान्नु पर्छ। तपाईंको घरबेटीले अनुदानले समेट्न सक्ने जति सक्दो धेरै महिनासम्म वा 6 महिनासम्म, जुनसुकै कम हुन्छ त्यसैका लागि भाडा भुक्तानी नगरेको कारण घरबाट ननिकाल्न पनि सहमति जानउनुहुन्छ। यद्यपि, अनुदान भुक्तानी गरेपछि नयाँ समस्या देखिएमा “उक्त कारणको लागि” (उदाहरणका लागि, तपाईंले गम्भीर रूपमा आफ्नो लिजका नियमहरूको उल्लङ्घन गरेमा) तपाईंको घरबेटीले तपाईंलाई घरबाट निकाल्न सक्नुहुन्छ। यदि घरबेटीले भाडाको बाँकी रकम स्वीकार गरेमा र नियमहरू पालना नगरेमा, घरबेटीले रकम फिर्ता गर्नु पर्ने हुन सक्छ।
के यस रकमलाई मिन्स-टेस्टेडका लाभहरू वा मेरा करहरूमा प्रभाव पार्न सक्ने आयको रूपमा लिइन्छ?
यो रकम घरबेटीलाई सिधै भुक्तानी गरिन्छ। यसले तपाईंको हाउजिङ खर्चलाई घटाउँछ। यदि लाभ कार्यक्रम तपाईंले तिर्ने हाउजिङ खर्चहरूसँग सम्बन्धित छ भने, यसले तपाईंको लाभमा प्रभाव पार्न सक्छ। यदि लाभ कार्यक्रम हाउजिङ खर्चहरूसँग सम्बन्धित छैन भने, यसको प्रभाव हुने छैन। (उदाहरणका लागि: मेडिकेडमा हाउजिङ खर्चहरूलाई विचार गरिँदैन, त्यसकारण यसले मेडिकेडमा प्रभाव पार्दैन।)
भर्मन्ट कानूनी सहायताले मलाई यसमा कसरी मद्दत गर्न सक्छ?
सबैजनाले निम्न कार्य गरेर यो प्रक्रिया सुरु गर्ने प्रयास गर्नु पर्छ:
- तपाईंको घरबेटीलाई सम्पर्क गरेर
- तिर्नु पर्ने रकम पुष्टि गरेर र
- आवेदन दिएर।
यदि तपाईंसँग कम्प्युटर वा स्मार्टफोनको पहुँच छैन भने, तपाईंको घरबेटीले तपाईंको साथमा आवेदन दिनु हुनेछ वा हुँदैन भनी सोध्नुहोस् र उहाँको कम्प्युटर प्रयोग गर्नुहोस्। वा साथीको कम्प्युटर प्रयोग गर्नुहोस्। यदि तपाईं उक्त प्रक्रियाको बेलामा समस्याहरूको समाना गर्नुहुन्छ भने, भर्मन्ट कानूनी सहायतामा सम्पर्क गर्नुहोस्। वा यदि तपाईं आवेदनमा के कुरा उल्लेख गर्ने भनी सुनिश्चित हुनुहुन्न भने, तपाईं हामीलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। 1-800-889-2047 मा फोन गर्नुहोस्।
के आवेदन दिन प्रतीक्षा गर्नाले लाभ प्राप्त हुन्छ, जसकारण मैले थप महिनाको भाडामा मद्दत प्राप्त गर्न सक्छु?
यो कार्यक्रम निश्चित रकमको व्यवस्था सहित पहिले आउनुहोस्, पहिले सेवा प्राप्त गर्नुहोस् खालको कार्यक्रम हो। तपाईंले आफ्नो आवेदन आफूले सकेसम्म छिटो दिनु पर्ने हुन्छ। यदि तपाईं वर्षको अन्तिम महिनाअघि फेरि भाडाबाट पिछडिनुहुन्छ भने, त्यसपछि तपाईं सहायताका लागि फेरि आवेदन दिन सक्नुहुन्छ।
मलाई मेरो धितोमा मद्दत आवश्यक छ.
भर्मन्ट हाउजिङ फाइन्यान्स एजेन्जीले धितो सहायता रकमका लागि कार्यक्रम चलाइरहेको छ। आवेदन फाराम भर्मन्ट हाउजिङ फाइन्यान्स एजेन्जी (MHFA) को वेबसाइट: http://www.vhfa.org/map मा रहेको छ।